होटलमा तास खेलिरहेको अवस्थामा नगद सहित तिन जना पक्राउ — OSNepal

होटलमा तास खेलिरहेको अवस्थामा नगद सहित तिन जना पक्राउ

LC (KTM) July 02, 2021 0

दाङ १८ असार । होटलमा तास खेलिरहेको अवस्थामा प्रहरीले हिजो साँझ तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा लमही नगरपालिका ५ बस्ने २५ वर्षीय देव प्रसाद चौधरी लगायत ३ जना रहेका छन् ।

सोही नगरपालिको ६ स्थित मोडन होटलमा तास खेलिरहेको अवस्थामा वडा प्रहरी कार्यालय लमहीबाट खटिएको प्रहरीले नगद १ लाख ४४ हजार ७ सय ४५ रुपैयाँ र तास सहित पक्राउ गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर