• २०७८ कार्तिक २ मंगलबार

ताजा अपडेट

धेरै पढिएको

बाढीले बगाएर ल्याएको माछालाई स्थानीयबासीले गरे संरक्षण

बाढीले बगाएर ल्याएको माछालाई स्थानीयबासीले गरे संरक्षण


  • ओएसनेपाल
  • असार १८ २०७८, शुक्रबार
  • १:३१ बजे
  • अ +
  • अ -
  • पढ्न लाग्ने समय: < २ मिनेट
  • 5.6K
    SHARES

    तनहुँको प्रसिद्ध धार्मिकस्थल छाब्दी बाराही मन्दिरमा रहेको माछा बाढीले बगाएर ल्याएपछि स्थानीयबासीले समातेर संरक्षण गरेर राखेको माछा ।


    यो पनि : देशव्यापी बृहत् राष्ट्रिय वृक्षरोपण कार्यक्रमको शुभारम्भ-नेकपा एमाले निकट युवा सङ्घ केन्द्रीय कमिटीको आयोजना तथा ललितपुर जिल्ला कमिटीको व्यवस्थापनमा ‘देशव्यापी बृृहत् राष्ट्रिय वृक्षरोपण कार्यक्रम, २०७८’ को शुभारम्भ भएको छ । कमिटीका इन्चार्ज तथा नेकपा एमालेका नेता महेश बस्नेतले आज गोदावरी नगरपालिका–२ विशङ्खुको कोटडाँडास्थित भीमेश्वर मन्दिर परिसरमा अमलाको बिरुवा रोपेर उक्त कामको शुभारम्भ गर्नुभयो । सो अवसरमा उहाँले वृक्षरोपणले दैनिक जीविकोपार्जन र वातावरण सन्तुलनका साथै खाद्यान्न आपूर्तिको समेत आवश्यकता पूरा गर्दै आएकाले सङ्घ सो कार्यमा अघि बढेको बताउनुभयो ।

    मुलुकभर रहेका वन उपभोक्ता समितिहरुसँग सङ्घले सहकार्य गरी फलफूल तथा औषधिजन्य जडीबुटीको संरक्षण गर्दै उज्यालो शहर बनाउने कामको थालनी गरेको उहाँको भनाइ थियो । वन तथा जैविक विविधता जोगाउनु असल मानवको दायित्व हो भन्दै उहाँले प्राकृतिक विपत्तिलाई न्यूनीकरण गर्न रुखबिरुवाले निकै सहयोग गर्ने बताउनुभयो ।

    कमिटीका अध्यक्ष किरण पौडेलले प्राकृतिक सम्पदा तथा वन्यजन्तुको संरक्षण गर्नु असल व्यक्तिको कर्तव्य रहेकाले मुलुकका पर्यटकीय तथा विद्यालय आसपास अनि खुला क्षेत्रमा उदाहरणीय तवरले सबैले देख्ने र भोग्ने गरी काम गर्ने बताउनुभयो ।

    विशङ्खुको सो मन्दिर परिसरमा एक हजार २०० बोट भूगोल सुहाउँदा फलफूल तथा औषधिजन्य जडीबुटी रोपिएका छन् । सङ्घले शुक्रबारदेखि थालेको सो कार्यक्रम आउँदो साउन ८ गतेसम्म अर्थात २२ दिन निरन्तर अघि बढाइने योजनाअनुरुप ललितपुर जिल्लाभर कूल पाँच हजार बिरुवा रोपिनाका साथै मुलुकभर कूल तीन लाख बिरुवा रोपिने भएको जानकारी गराइएको छ ।

    वृक्षरोपणको काम काठमाडौँ उपत्यकाको साँगादेखि गोदावरीसम्मका खाली तथा प्राकृतिक जोखिम रहेका क्षेत्रमा फूल, कपुर, लप्सी लगायतका बिरुवा लगाएर हराभरा बनाइने सङ्घको धारणा छ ।

    प्रतिकृया दिनुहोस

    ट्रेन्डिङ
  • सम्बन्धित समाचार
    छुटाउनु भयो की ?

    © 2021 All Right Reserved osnepal.com

    Site By: SobizTrend