करिश्मा कपुरको बलिउडमा ३० बर्ष पुरा , मलाईका अरोडाले गरिन् उनको भिडीयोमा यस्तो रिएक्ट — OSNepal

करिश्मा कपुरको बलिउडमा ३० बर्ष पुरा , मलाईका अरोडाले गरिन् उनको भिडीयोमा यस्तो रिएक्ट

LC (KTM) July 02, 2021 0

एकताका बलिउडमा एकक्षत्र राज गर्न सफल नायिका करिश्मा कपुरलाई कैयौ ब्लकबस्टर फिल्ममा काम गरेकी नायिकाको रुपमा चिनिन्छ । उनी १९९० देखी २००० को दशकमा सबैभन्दा लोकप्रिय तथा सबैभन्दा बढि कमाउने अभिनेत्रीमा एक थिईन् ।

करिश्माले आफ्नो शानदार यात्राको एक झलक दिदै सामाजिक सञ्जालमा एक थ्रोब्याक भिडीयो शेयर गरेकी छिन् । उनको यो भिडीयोमा करिश्माले अन स्क्रिन फिल्मका क्लिप सामेल गरिएको छ । उनको यो भिडीयोलाई फ्यानहरुले एकदमै मन पराएका छन् । उनको शेयर गरेको यो भिडीयोमा फ्यानहरुले एकदमै धेरै माया दर्शाएका छन् ।

करिश्माले भिडीयोमा देखाईन् ३० बर्षको आफ्नो फिल्मी यात्रा

पछिल्लो महिनाको २२ जुनमा करिश्मा कपुरले आफ्नो बलिउडको ३० बर्ष पुरा गरेकी छिन् । मनोरञ्जनको क्षेत्रमा उनलाई अझै पनि माया र प्रशंशा मिल्ने गरेको छ । उनले एक भिडीयो शेयर गरेकी छिन् जुन उनको फ्यानले शेयर गरेका थिए ।

भिडीयो क्लिपमा ९० तथा २००० को दशकका करिश्माको लोकप्रिय फिल्म हिरो नम्बर वान, कुल्ली नम्बर वान, दिल तो पागल है, जुबैदा, दुल्हन हम ले जाएंगे, हम साथ साथ है , राजा बाबु लगायतका भिडीयो क्लिपहरु समाबेश गरिएको छ । उनले बलिउडमा आफ्नो पहिलो कदम १९९१ जृुन २१ मा प्रेम कैदी बाट राखेकी थिईन् ।

उनको यो भिडियोमा मलाईका अरोडाले समेत कमेन्ट सार्वजनिक गरेकी छिन् । उनले कमेन्टमा हर्ट इमोजी शेयर गरेकी छिन् । त्यस्तै डिजाईनर मनीष मल्होत्रा, संजय कपुर, रिया कपुर, लगायतले कमेन्ट गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर