रुस र अमेरिकाको फिल्मी युद्ध , टम क्रुज लगत्तै रुसी अभिनेत्री युरियाले गरिन् अन्तरिक्षमा फिल्म छायांकन गर्ने घोषणा — OSNepal

रुस र अमेरिकाको फिल्मी युद्ध , टम क्रुज लगत्तै रुसी अभिनेत्री युरियाले गरिन् अन्तरिक्षमा फिल्म छायांकन गर्ने घोषणा

LC (KTM) July 02, 2021 0

रुस र अमेरिका बिश्वका शक्तिशाली राष्ट्रहरु मध्येका टप हुन् । एक अर्काको देखासिखी नगरि र शक्ति प्रर्दशन नगरी बस्नै नसक्ने देश हुन् यी दुबै । अब उनीहरुको प्रतिष्पर्धा फिल्ममा पनि देखिएको छ । हलिउड अभिनेता टम क्रुजले गतवर्ष आफ्नो आगामी फिल्म अन्तरीक्षमा गर्ने घोषणा गरेका थिए ।

त्यसलगत्तै रुसकी अभिनेत्री युरिया पेरेसिल्डले पनि अन्तरीक्षमा फिल्म छायांकन गर्ने घोषणा गरेकी हुन् । तर उनले यो प्रतिष्पर्धाका लागि नभएको बताउँछिन् । उनले पहिलो भन्दा पनि आफुले उत्कृष्ट फिल्म बनाउन चाहेको बताएकी छिन् । फिल्मको नाम तय नभए पनि अन्तरीक्षमा यो फिल्मको शुटिंगको तयारी भईरहेको दाबी गरिएको छ ।

फिल्म शुटिंगको लागि निर्देशक क्लिम सिपे संग ३६ बर्षिया यी सुन्दरी युलिया रकेट मार्फत जान लागेको बताइएको छ । अक्टोबर ५ का दिन रकेट प्रक्षेपण हुने बताइएको छ । उनीहरु दुबै जनालाई अन्तरिक्षका लागि आवश्यक तयारीका लागि तालिम दिईरहेको छ । यो फिल्मको बजेट महंगो हुने बताइएको छ । यो फिल्म एक चिकित्सकको बिषयमा रहेको उनको दाबी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर