४ वर्षीय छोरा उपचारको लागी बुबाद्वारा सहयोगको अपिल — OSNepal

४ वर्षीय छोरा उपचारको लागी बुबाद्वारा सहयोगको अपिल

LC (KTM) July 03, 2021 0

अर्घाखाँची ।रोगबाट पीडित छोराको उपचारका लागि भन्दै बुबाले आर्थिक सहयोगका लागि अपिल गरेका छन्। अर्घाखाँची जिल्ला पाणिनि गाउँपालिका वडा नम्बर १ वासारुख निवासी राम बहादुर परियारका ४ वर्षीयछोरा रनिक परियार जीवन् र मृत्यु संग लडिरहेका छन । आर्थिक अवस्था निकै कम्जोर भए पछि परिवार ले सहयोग को लागी अपिल गरेको हो।

रनिक परियार जन्मेको चार महिना देखी शरीरमा रातो रगत नहुने (थालासिमिया) नामक रोग लागेको थियो । नाबालक रनिक परियार लाई दिल्लीको सब्दतजङ अस्पताल उपचार गर्न लगेपछि रोग पत्ता लागेको रनिकका बुबा राम बहादुर परियारले बताए । रनिक अहिले काठमाडौं को सिभिल अस्पतालमा उपचाररत छन ।

राम बहादुर परियार ले गुनासो सुनाउदै भने “पीडाले थिचेको छ। समस्याको पहाड अगाडी छ । छोरा को पीडाले पनि निद्रा लाग्दैन रहेछ। “बाबु को उपचार खर्चमा सम्पत्ति सकियो रिन लाग्यो छोरो बचाउन भन्दै सयोगको लागी अपिल गरेका हुन । अस्पताल का अनुसार १२-१५ दिन रातो रगत दिनु पर्ने हुन्छ वेटा थाला, बोन म्यारो ट्रान्सपलान गर्नु पर्ने हुन्छ ।

दुई हप्ता भित्रमा उपचार हुन नसके बच्चा लाई गुमाउनु बाहेक कुनै विकल्प नभएको परिवारिक श्रोतले जानकारी दिएको छ ।अन्दाजी १५ लाख सकिएको अझै १७ लाख लाग्ने हुदा संघसंस्था , सहयोगीमनहरु लाई आफ्नो छोरा सरह सम्झी सहयोग गर्न पीडित राम बहादुर परियारले आग्रह गरेका हुन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर