गायक कमल खत्रीसँगको प्रेम हल्लाले तनावमा भ्वाईस अफ नेपाल’की मेलिना मैनाली — OSNepal

गायक कमल खत्रीसँगको प्रेम हल्लाले तनावमा भ्वाईस अफ नेपाल’की मेलिना मैनाली

LC (KTM) July 03, 2021 0

भ्वाईस अफ नेपालको नकआउट चरणमा बाहिरिएकी झापाकी प्रतिभाशाली गायिका मेलिना मैनाली यतिबेला चर्चामा छिन् । भ्वाईसमा जानु पुर्व नै छोटो छ जिन्दगी फोटो खिचेर राख लगायत केहि गीतहरु गाईसकेकी मेलिनाले त्यहाँबाट फर्केपछि केहि चर्चित गीतहरु गाईसकेकी छिन् । उनको र गायक कमल खत्रीको सँयुक्त गायन रहेको गीत फिका फिका यतिबेला चर्चामा पनि छ । त्यस्तै कमलकै शव्द, सँगीतमा मेलिनाले गाएको गीत तिमी छौ र पनि यतिबेला दर्शक, श्रोताहरुको रोजाई बनिरहेकै छ । यसैबिच यि दुई बिचको प्रेम चर्चाले पनि साँगीतक बजार तताएको छ ।

कमल खत्री यसअघि नै थुप्रै गीतहरुले दर्शक, श्रोताहरुको मन जितिसकेका गायक हुन् भने मेलिना नवप्रवेशी र कमल भन्दा उमेरमा निकै कम पनि छिन् । यसरी करिअरको सुरुवातमा नै प्रेमको चर्चा हुँदा मेलिनालाई दर्शकहरुले अनेक कमेन्ट दिईरहेका छन् । कतिले सल्लाह र सुझाव पनि दिएका छन् भने कतिले प्रेम सम्बन्धमै रहे पनि आफुहरुले साथ दिने बताईरहेका छन् । कमलले एक अन्तर्वार्तामा मेलिनासँगको सम्बन्ध बारेमा प्रेमी प्रेमिका भएको भावमा एक अन्तर्वार्ता दिए पछि दर्शक, श्रोताहरुले यस बिषयमा चासो दिए । यसैबिच यो जिज्ञासाका बिच यि दुवै एक साथ आएर वास्तविकता बताएका छन् । शिशिर भढडारीसँगको कुराकानीमा यि दुईले प्रेमको बारेमा खुलेर बताए । भिडियो हेर्नुस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर