अब वर्ल्डरेमिट बाट खल्ती खातामा पैसा प्राप्त गर्दा रू. २०० बोनस पाइने — OSNepal

अब वर्ल्डरेमिट बाट खल्ती खातामा पैसा प्राप्त गर्दा रू. २०० बोनस पाइने

LC (KTM) July 03, 2021 0

नेपाल कै एक उदयमान अनलाइन पेमेन्ट सेवा प्रदायक कम्पनी, खल्ती डिजिटल वालेट, ले वर्ल्डरेमिट बाट पैसा पठाउदा खल्तीको खातामा सिधै पैसा प्राप्त गर्न सकिने सुविधा ल्याएको छ। उक्त सुविधा अन्तर्गत पठाईएको रकम खल्तीबाट प्राप्त गर्ने व्यक्तिले रू. २०० बोनस तुरुन्तै पाउनेछन्।

वर्ल्डरेमिट सँगको यस सहकार्यले चौबिसै घण्टा ५०+ भन्दा बढी राष्ट्रहरुबाट नेपालमा रहेको व्यक्तिको खल्ती खातामा चाहे जति रकम सजिलै पैसा प्राप्त गर्न सम्भव बनाएको छ । प्राप्त गर्ने व्यक्तिले खल्ती आइडी बनाइ KYC भेरिफाइ भने गराएको हुनुपर्नेछ । खल्तीमा पैसा पठाए पश्चात केहि नगरी पैसा र बोनस स्वत: दुबै खल्तीमा लोड हुनेछ। यसको विवरण खल्ती एप को Transactions सेक्सनमा गइ सहजै हेर्न सकिन्छ।

उक्त सम्झौता सम्बन्धि खल्ती डिजिटल वालेटको रेमिट्यान्स विभाग प्रमुख, श्री सौरभ राज पाण्डे बताउछन् “हामी डिजिटल प्लेटफर्ममार्फत हाम्रो ग्राहकहरुको आवस्यकता पुर्ति गर्न प्रतिबद्ध छौँ। हामीलाई विश्वास छ, वर्ल्डरेमिट सँगको यो सहकार्यले संसारको जुनसुकै ठाउँबाट निर्वाद रुपमा सरल र झन्झटरहित तवरले पैसा पठाउन, पाउन, र व्यवसायलाइ झन्झटरहित तवरले अनलाइन भुक्तानी गर्न थप मद्दत मिल्नेछ। भरपर्दो, सस्तो, र छिटो सेवा भएकोले यो माध्यम धेरैको रोजाइमा पर्ने विश्वास हामीले राखेका छौँ”। वर्ल्डरेमिटका दक्षिण एशिया को लागि कन्ट्री डाईरेक्टर रुजान अहमद ले बताउनुभयो,

“खल्ती सँगको यस सम्झौताले अब ग्राहकहरुलाई सहजै आफ्नो परिवार तथा आफन्तलाई पैसा पठाउन सजिलो बनाएको छ । हरेक समुदायकाहरुलाइ वित्तीय सेवाको पहुँच दिलाइ आर्थिक समावेशीकरणको अभियानलाई प्रवर्धन गर्ने नेपालकै एक उदयमान डिजिटल वालेट, खल्ती संग सहकार्य गर्न पाउदा हामी उत्साहित छौँ । हामी विश्वस्त छौँ कि यो सेवा ले विदेशबाट पठाईएको रकम नेपालमा खल्ती मार्फत प्राप्त गर्न धेरै सहज हुनेछ ”

वर्ल्डरेमिटबाट खल्ती मा पैसा पठाउनको लागि भने WorldRemit एप लग इन गरि सेन्ड मनि मा ट्याप गर्ने, गन्तव्यमा Nepal रोजी पठाउन चाहेको कुल रकम दाखिला गर्ने अनि अन्त्यमा Mobile Money Transfer भित्र खल्ती मोबाइल वालेट छानी पाउने व्यक्तिको सम्पुर्ण विवरण भरी पठाउन सकिन्छ। यस योजनाको बारेमा थप शर्तहरु खल्ती को ब्लग बाट थाहा पाउन सकिन्छ। थप जानकारीको लागि 1660-01-5-8888 मा फोन वा [email protected] मा ईमेल गर्न सकिन्छ।

खल्ती डिजिटल वालेट : खल्ती, नेपाल राष्ट्र बैंकबाट मान्यता प्राप्त एक व्यवसायिक डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी हो। झन्झटरहित र सरल भुक्तानीको भरपर्दो माध्यम, खल्ती प्रयोगकर्ताहरुको संख्या हाल १७ लाख भन्दा बढी रहेको छ।’खल्ती’ वालेटको प्रयोग गरी ६० भन्दा बढि बैंकहरुमा पैसा पठाउन सकिने साथै मोबाइल रिचार्ज, बिजुली, पानी, इन्टरनेट तथा टिभीको बिल भुक्तानी, फिल्म, प्लेन, सामाजिक सुरक्षा कोषको शुल्क, फोहोर व्यवस्थापन, सरकारी कर तथा सेवा शुल्क तिर्ने जस्ता धेरै सेवाहरु लिन सकिन्छ Khalti.com/app बाट यो एप डाउनलोड गर्न सकिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर