तनहुँमा भत्किएको पुलबाट शिशु बोकेर जोखिमपूर्ण यात्रा गर्दै युवक — OSNepal

तनहुँमा भत्किएको पुलबाट शिशु बोकेर जोखिमपूर्ण यात्रा गर्दै युवक

LC (KTM) July 03, 2021 0

तनहुँको व्यास नगरपालिका–१ र १३ जोड्ने बेलबासस्थित भत्किएको पुलबाट शिशु बोकेर जोखिमपूर्ण यात्रा गर्दै युवक । पुल भत्किएपछि सर्वसाधारणलाई आवतजावत गर्न समस्या भएको छ ।

काटियो मस्र्याङ्दीले भासिएको पुलको लठ्ठा-निरन्तरको वर्षाका कारण मस्र्याङ्दीमा आएको बाढीले भासिएको झोलुङ्गे पुलको लठ्ठा काटिएको छ । तनहुँको आँबुखैरेनी गाउँपालिका–२ एक्लेफाँट र गोरखा नगरपालिका–१४ जोड्ने झोलुङ्गे पुल बिहीबार राति आएको बाढीले भासिएको थियो ।

पुलमा थप जोखिम हुन नदिन लठ्ठा काटिएको तनहुँका निमित्त प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिनुभयो । बाढीले तनहुँतर्फको पुलको भाग भासिएर नदीमा पुगेको थियो । “पुल मर्मत नभइञ्जेल थप जोखिम हुन नदिन पुलको लठ्ठा काटिएको छ”, बरालले भन्नुभयो ।

पुलबाट दैनिक सयौँ सर्वसाधारण वारपार गर्दथे । गोरखास्थित अकला मन्दिर जाने बाटो पनि यही पुल थियो । पुल भत्किएपछि सर्वसाधारणलाई आवतजावतमा समस्या भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर