• २०७८ कार्तिक १ सोमबार

ताजा अपडेट

धेरै पढिएको

करिश्मा कपुरले शेयर गरेको यो भिडियोमा मलाईकाले गरिन यस्तो कमेन्ट

करिश्मा कपुरले शेयर गरेको यो भिडियोमा मलाईकाले गरिन यस्तो कमेन्ट


  • ओएसनेपाल
  • असार १९ २०७८, शनिबार
  • ९:०६ बजे
  • अ +
  • अ -
  • पढ्न लाग्ने समय: < २ मिनेट
  • 3.6K
    SHARES

    एकताका बलिउडमा एकक्षत्र राज गर्न सफल नायिका करिश्मा कपुरलाई कैयौ ब्लकबस्टर फिल्ममा काम गरेकी नायिकाको रुपमा चिनिन्छ । उनी १९९० देखी २००० को दशकमा सबैभन्दा लोकप्रिय तथा सबैभन्दा बढि कमाउने अभिनेत्रीमा एक थिईन् ।

    करिश्माले आफ्नो शानदार यात्राको एक झलक दिदै सामाजिक सञ्जालमा एक थ्रोब्याक भिडीयो शेयर गरेकी छिन् । उनको यो भिडीयोमा करिश्माले अन स्क्रिन फिल्मका क्लिप सामेल गरिएको छ । उनको यो भिडीयोलाई फ्यानहरुले एकदमै मन पराएका छन् । उनको शेयर गरेको यो भिडीयोमा फ्यानहरुले एकदमै धेरै माया दर्शाएका छन् ।

    पछिल्लो महिनाको २२ जुनमा करिश्मा कपुरले आफ्नो बलिउडको ३० बर्ष पुरा गरेकी छिन् । मनोरञ्जनको क्षेत्रमा उनलाई अझै पनि माया र प्रशंशा मिल्ने गरेको छ । उनले एक भिडीयो शेयर गरेकी छिन् जुन उनको फ्यानले शेयर गरेका थिए ।

    भिडीयो क्लिपमा ९० तथा २००० को दशकका करिश्माको लोकप्रिय फिल्म हिरो नम्बर वान, कुल्ली नम्बर वान, दिल तो पागल है, जुबैदा, दुल्हन हम ले जाएंगे, हम साथ साथ है , राजा बाबु लगायतका भिडीयो क्लिपहरु समाबेश गरिएको छ । उनले aलिउडमा आफ्नो पहिलो कदम १९९१ जृुन २१ मा प्रेम कैदी बाट राखेकी थिईन् ।

    उनको यो भिडियोमा मलाईका अरोडाले समेत कमेन्ट सार्वजनिक गरेकी छिन् । उनले कमेन्टमा हर्ट इमोजी शेयर गरेकी छिन् । त्यस्तै डिजाईनर मनीष मल्होत्रा, संजय कपुर, रिया कपुर, लगायतले कमेन्ट गरेका छन् ।

    प्रतिकृया दिनुहोस

    ट्रेन्डिङ
  • सम्बन्धित समाचार
    छुटाउनु भयो की ?

    © 2021 All Right Reserved osnepal.com

    Site By: SobizTrend