गए रातिदेखि आएको निरन्तर वर्षाका कारण उदयपुरमा ५०० घर डुबानमा — OSNepal

गए रातिदेखि आएको निरन्तर वर्षाका कारण उदयपुरमा ५०० घर डुबानमा

LC (KTM) July 03, 2021 0

गए रातिदेखि आएको निरन्तर वर्षाका कारण बेलका नगरपालिकास्थित तपेश्वरी, आम्बासी र भागलपुर क्षेत्रमा स्थानीय खोलामा आएको निरन्तर बाढी गाउँघरमा पसेपछि तपेश्वरी क्षेत्रका ५०० भन्दा बढी घर डुबान परेका छन् ।

तपेश्वरीका गाउँघरमा बाढी पसेर डुबान हुन थालेपछि बिहानैदेखि सुरक्षाकर्मी सो स्थानमा बाढीपीडिको उद्धार गर्न तयारी हालतमा राखिएको जिल्ला प्रशासन कार्यालयले बताएको छ । बेलका–२ तपेश्वरीका राजकुमार भुजेलका अनुसार गए रातिदेखि आएको निरन्तर बाढीको कारण स्थानीय खोलामा आएको बाढी गाउँघरमा प्रबेश गरेको कारण सडक,खेत जग्गा र गाउँघर बिस्तारै ड्ुबान हुन थालेको हो ।

गए रातिदेखि आम्बासी तपेश्वरीको बगाहा, आम्बासीका खहरे खोलामा निरन्तर आएको बाढी गाउँमा प्रवेश गरेपछी तीन फिटसम्म डुबान हुन थालेको तपेश्वरीका जसबहादुर श्रेष्ठले बताउनुभयो । इलाका प्रहरी कार्यालय बेलका रामपुर ठोक्सिलाका अनुसार बेलकाको आम्बासी, तपेश्वरी र भागपुर क्षेत्रमा स्थानीय खोलामा निरन्तर वर्षाका कारण आएको बाढीले डुबान शुरु गरेको पुष्टि गरेको छ ।

इलाका प्रहरी कार्यालय बेलका रामपुरका अनुसार आफूले गाउँलेलाई सतर्क रहन सचेत गराएको र सुरक्षाकर्मी सहयोगका लागि आज बिहानदेखि तयारी हालतमा रहेको इप्रका रामपुरका प्रमुख तेजबहादुर कटुवालले बताउनुभयो । वर्षाका कारण बेलकाको गिदेरी खोलामा आएको बाढीका कारण निर्माण सम्पन्न हुन लागेको गिदेरी पुलमा समेत क्षति पुगेको छ भने सो पुल संरक्षण र मर्मतका लागि पहल शुरु गरिएको इप्रका बेलकाले बताएको छ ।

त्रियुगा नगरपालिका–११ गाईघाटस्थित बरुवाखोलामा भीषण बाढी आएका कारण बरुवाखोलाको कच्ची बाँध भत्कन सक्ने र गाईघाट बजारसमेत डुबानमा पर्ने खतरा बढेको त्रियुगा नगरपालिका–११ ढिम्कीका शिव कार्कीले बताउनुभयो ।

बेलकास्थित तपेश्वरी क्षेत्रमा बाढीले डुबान पर्न थालेपछि अहिले सो स्थानमा कुनै पनि मानवीय घटना घट्न नदिन प्रशासनले सुरक्षाकर्मी सो स्थानमा तयारी हालतमा राखिएको उदयपुरका प्रमुख जिल्ला अधिकारी तुलसीराम सेढाईँले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर