उदयपुरमा ६५ वर्षीय वृद्धालाई खोलाले बगायो — OSNepal

उदयपुरमा ६५ वर्षीय वृद्धालाई खोलाले बगायो

LC (KTM) July 03, 2021 0

उदयपुरको चौदण्डीगढी नगरपालिका सातधारेमा आज स्थानीय हवारखोलाले बगाउँदा ६५ वर्षीय वृद्धाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार खोलाले बगाएर मृत्यु हुनेमा बेल्टार मदनचोकका गुमशेर राई रहेको प्रहरीले बताएको छ ।

बिहान १०ः०० बजेतिर अर्को गाउँ जान खोला तर्ने क्रममा बाढीले राईलाई बगाएको थियो भने घटना घटेलगत्तै इलाका प्रहरी बेल्टार र स्थानीयवासीले खोजीका क्रममा बगाएको स्थानभन्दा २०० मिटर तल मृतावस्थामा शव फेला परेको र शवलाई अहिले परीक्षणका लागि बेल्टार अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यलयका प्रहरी नायब उपरीक्षक बेदप्रसाद गौतमले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर