स्थायी दरबन्दीमा सेवा करारमा कार्यरत कर्मचारीहरूलाई प्रोत्साहन भत्ता दिँदै — OSNepal

स्थायी दरबन्दीमा सेवा करारमा कार्यरत कर्मचारीहरूलाई प्रोत्साहन भत्ता दिँदै

LC (KTM) December 22, 2022 0

सुर्खेत, ७ पुस । कर्णाली प्रदेश सरकारले स्थायी दरबन्दीमा सेवा करारमा कार्यरत कर्मचारीहरूलाई ‘कर्णाली प्रोत्साहन’ भत्ता दिने भएको छ । त्यसका लागि गत मंसिर २१ गते बसेको मन्त्रिपरिषद्को बैठकले निर्णय गरिसकेको हो ।

प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयमा अनुसार आउने साउन महिनादेखि सुर्खेत जिल्लामा कार्यरत स्थायी दरबन्दीमा सेवा करारमा कार्यरत कर्मचारीले ४ हजार प्रोत्साहन भत्ता पाउने छन् ।

यस्तै सल्यान, रुकुम पश्चिम, जाजरकोट र दैलेखमा कार्यरत कर्मचारीलाई ६ हजार, कालिकोट र जुम्ला कार्यरतका लागि ८ र मुगु, डोल्पा र हुम्लाका कर्मचारीहरूलाई १० हजार ‘कर्णाली प्रोत्साहन भत्ता’ दिइने छ । मंगलबार सबै मन्त्रालय र प्रदेश मातहतका सम्पूर्ण कार्यालयहरूलाई उक्त निर्णय कार्यान्वयनका लागि अर्थ मन्त्रालयले निर्देशन दिइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर