सनी देओल र अमिषा अभिनित फिल्म गदर को सिक्वेल बन्दै , त्यतिबेला छोराको भुमीका खेलेका उत्कर्ष पनि दोहोरीदै — OSNepal

सनी देओल र अमिषा अभिनित फिल्म गदर को सिक्वेल बन्दै , त्यतिबेला छोराको भुमीका खेलेका उत्कर्ष पनि दोहोरीदै

LC (KTM) July 03, 2021 0

बलिउडमा फिल्मको सिक्वेल बन्ने क्रम जारी रहेको छ । जोखीम नमोल्ने तर थोरै भए पनि कमाई गर्ने निर्माताका लागि सिक्वेल आकर्षण बन्दै गएको छ । बलिउड ईतिहासमा सिक्वेल फिल्मले अगाडिको जस्तो कमाई र चर्चा बटुल्न खासै सकेका छैनन् ।

यसैक्रममा बलिउडमा एकताका ब्लकबस्टर बन्न सफल फिल्म ‘गदर’ को पनि सिक्वेल बन्ने भएको छ । निर्देशक अनिल शर्मा जोडतोडका साथ सिक्वेल बनाउने कार्यमा खटिइरहेको बताइएको छ । अब बन्ने गदर २ मा उनी पहिलाकै अभिनेता सनी देओल र अभिनेत्री अमीषा पटेललाई दोहोर्‍याउने तयारीमा रहेको भारतीय संचारमाध्यमहरुले जनाएका छन् ।

अहिले यस फिल्म अर्थात गदर २ को स्क्रिप्टको काम भईरहेको छ । गदरमा सनी देओल र अमीषा पटेलको छोराको रुपमा देखिएका उत्कर्ष पनि यो फिल्ममा दोहोरीने छन् । उनी निर्देशक अनिलका आफ्नै छोरा समेत रहेका छन् । तर उनलाई कुन भुमीकामा कसरी प्रस्तुत गर्ने भन्ने खुलाइएको छैन । गदर १५ जून २००१ मा रिलिज भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर