पहिलो डिर्भाेस पछि बिरक्तिएका आमिर खान लाई सलमानले गरेका थिए यसरी सहयोग — OSNepal

पहिलो डिर्भाेस पछि बिरक्तिएका आमिर खान लाई सलमानले गरेका थिए यसरी सहयोग

LC (KTM) July 03, 2021 0

बलिउडका चर्चित कलाकार आमिर खान तथा किरण रावले बिबाहको १५ बर्ष पछि एक अर्का बाट अलग हुने घोषणा गरेका छन् । यी दुबै बलिउडमा अहिले चर्चाको शिखरमा रहेका छन् । आमिरले यस अघि आफ्नी पहिलो श्रीमती संग करिब १६ बर्षको बैबाहिक जिवन बाट अलग हुने निर्णय गरेका थिए ।

उनको पहिलो श्रीमती रीना दत्त थिईन् । उनीहरुको सन् २००२ मा डिभोर्स भएको थियो । एक अन्र्तबार्ताका क्रममा आमिरले रीना संग सम्बन्ध बिच्छेद भए पछि त्यसबाट बाहिर निस्कन आफुलाई नायक सलमान खानले सहयोग गरेको बताएका थिए ।

पहिलो डिर्भाेस पछि बिथोलीएका आमिरलाई सलमानले गरे यस्तो सहयोग

करण जोहरको पपुलर शो कफि विथ करण मा आमिरले भनेका थिए– एक समय यस्तो आएको थियो जब म सलमान खान बाट थोरै दुरी बनाउन चाहन्थे । त्यस समय इक्विेसन यस्तो बन्यो कि मेरो डिर्भाेस भयो र सलमानले इण्ट्रि लिए । उनैले मलाई यसबाट निस्कन सहयोग गरे । आमिरले फिल्म अन्दाज अपना अपना मा सलमान खान संग काम गरेपछि आफ्नो एकदमै खराब अनुभव रहेको बताएका थिए ।

उनलाई सलमान बिल्कुलै मन नपरेको बताएका थिए । उनी एकदमै खराब र रिसाह लागेको उनको अनुभव थियो । उनले यहि समय देखी सलमान संग दुरी बढाएका थिए । जब डिर्भाेस भयो रिना संग त्यसपछि सलमानले नै मित्रताको हात अघि बढाएका थिए । त्यसपछि उनीहरु घनिष्ठ मित्र बनेका थिए । त्यतिबेलै उनलाई सलमानले यो पीडा बाट निस्कन सहयोग गरेका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर