बलिउड अभिनेता अर्जुन कपुरले बताए आफ्नो परिवारीक रहस्य , अहिले पनि परिवार एक भै नसकेको उनको दाबी — OSNepal

बलिउड अभिनेता अर्जुन कपुरले बताए आफ्नो परिवारीक रहस्य , अहिले पनि परिवार एक भै नसकेको उनको दाबी

LC (KTM) July 03, 2021 0

अर्जुन कपुर आफ्नो निजी जिन्दगीलाई लिएर काफी चर्चामा आउने गरेका छन् । अर्जुन तथा उनकी बहिनी अंशुला कपुर बोनी कपुरको पहिली श्रीमती मोनाका सन्तानहरु हुन् । त्यस्तै जान्ह्वी तथा खुशी बोनीको दोस्रो पत्नी श्रीदेबीका छोरीहरु हुन् ।

अर्जुनको बुवा बोनीको दोस्रो बिबाह पछि अर्जुन संग उनको सम्बन्धमा खटपट आएको थियो । तर श्रीदेबीको निधन पछि अर्जुन आफ्ना बहिनी जान्ह्वी र खुशी संग सम्बन्ध राम्रो बनाउन सुरु गरेका थिए । अर्जुन र उनको परिवार संगको सम्बन्ध सबै ठिक छ भन्ने चर्चा थियो ।

अब उनको परिवार परफेक्ट छ भन्ने थियो तर यस्तो भने भएन । हालै एक अन्र्तबार्तामा अर्जुनले आफ्नो पारिवारिक सम्बन्धका बारेमा साँचो कुरा बताएका छन् । उनले भन कि– मेरो परिवार एकदमै परफेक्ट छ यो सोच्नु गलत हुन्छ । उनले आफ्नो परिवार पुर्ण भन्दा यो गलत हुने बताएका हुन् । उनले अन्र्तबार्ताका क्रममा अलग अलग राय मात्र हैन अहिले पनि हामी दुई परिवार रहेको बताएका थिए ।

अहिले पनि एक अर्कालाई जान्ने र घुलमिल हुने प्रयास गरिरहेको अर्जुनको भनाई थियो । उनले आफुहरु सबै एकै ठाउँ हुदा राम्रो समय बित्ने भए पनि अहिले आफुहरु एक युनीट नरहेको बताएका छन् । उनले आफुले परिवारीक सम्बन्ध अझै पनि परफेक्ट बनिनसकेको सत्य कुरा भएको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर