यसरी आएको थियो दुई कमेडियन कपिल शर्मा र सुनिल ग्रोवर मसुर गुलाटी बीच तिक्तता, के अब एकै साथ आउलान त ? — OSNepal

यसरी आएको थियो दुई कमेडियन कपिल शर्मा र सुनिल ग्रोवर मसुर गुलाटी बीच तिक्तता, के अब एकै साथ आउलान त ?

LC (KTM) July 03, 2021 0

२०१७ मा भारतका २ मसुर कमेडियन कपिल शर्मा र सुनिल ग्रोवर अर्थात मसुर गुलाटी बीच सम्बन्धमा दरार सिर्जना भएको थियो । दुबै जनाको सामाजिक सञ्जालमा चलेको युद्ध हेर्न रमाईलै थियो । उनीहरुको यो शितयुद्ध त्यतिबेला सामाजिक सञ्जालमा भाईरल भएको थियो ।

जब अष्ट्रेलियाको शुट पुरा गरेर क्रु मेम्बर भारत फर्किदै थियो त्यतिबेला सुनील र कपिल बीच तँ तँ र म म को स्थिती सिर्जना भएको थियो । नशाको तालमा कपिलले सुनीललाई नराम्रो गाली दिएका थिए । उनीहरु दुबै बीच हातपात समेत भएको खबर बाहिरीएको थियो । तर पछि कपिलले सुनिल संग माफि माग्दै खासै केही नभएको जनाएका थिए ।

सुनीलले यसरी खोलेका थिए झगडाको रहस्य

उनीहरुको झगडा भएको एक दिन पछि सुनिलले एउटा लामो पोष्ट लेखेका थिए । उनले त्यस पोष्टमा आफ्नो अनुभव यसरी पोखेका थिए – तपाई संग काम गर्न पाउँदा एकदमै खुशी लागेको छ र अनुभव पनि राम्रै बटुले । तर म एउटा सल्लाह दिन चाहान्छु ।

मान्छेको ईज्जत गर्न सिक्नुस, जनावर बाहेक । सबै तपाई जस्तै सफल हुदैनन् । सबै तपाई जस्तै ट्यालेन्ट पनि हुदैनन् । तर तपाईको जतिको ट्यालेन्ट कोही भयो भने तपाईको पनि ईज्जत गर्दैन , त्यसैले ब्यक्ति प्रति संबेदनशिलता राख्नुस् । कोही ब्यक्ति सहि गरिरहेको छ भने उसलाई गालि नदिनुस् ।

आफ्नो भाषालाई ठिक गर्नुस् त्यो पनि महिलाको अगाडि । तपाईलाई धन्यबाद छ मलाई यो जानकारी गराउनका लागि कि त्यो तपाईको शो हो र त्यहा तपाईको पावर चल्छ जो कोहीलाई निकाल्न । पछिल्लो समय दुई जना बीच सम्बन्ध सुध्रिए पनि शो मा देखिने बिषयमा कुनै कुरा बाहिर आएको छैन ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर