कुरा काट्ने मान्छेले काटुनका गायक सुवास पुरीको प्रस्तुतीमा आयो साथीको भिडियो — OSNepal

कुरा काट्ने मान्छेले काटुनका गायक सुवास पुरीको प्रस्तुतीमा आयो साथीको भिडियो

LC (KTM) December 23, 2022 0

काठमाडौं, ८ पुस । गायिका बेनिशा पौडेल र नितु पौडेलको स्वर रहेको साथी बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । मानिसको जिन्दगीमा एउटा असल साथीको महत्व र भूमिका कति हुन्छ भन्ने कुरालाई नजिकबाट केलाइएको भिडियोमा मोडलद्वय अन्जना राउत र विना राउतको अभिनय देख्न सकिन्छ ।

डिपी खनालका शब्द शृजना रहेको गीतमा बबुली गिरीको संगीत, एरेन्ज र मिक्सिगं रहेको छ । दीपक गिरीको छायांकन, मोडल अञ्जना राउतकै निर्देशन रहेको भिडियोमा कोरियोग्राफि निशान एसकेको रहेको छ ।

मोडलिङमा आएको छोटो समयमा नै मोडल अञ्जनाले कैयौँ दर्शक स्रोताको मन जितिसकेका चर्चा चलेका बेला उनको निर्देशनमा तयार भएको पहिलो भिडियो बजारमा हाउको हो । ।

जसले आफूलाई थप उचाई दिने अञ्जनाको विश्वास छ । सार्वजनिक गीतका निर्माता हुन् गायक सुवास पुरी । गायक पुरीको ‘कुरा काट्ने मान्छेले काटुन्’ बोलको गीतले औधी चर्चा बटुलेको थियो । भिडियो गायक पुरीकै अफिसियल च्यानल म्यूजिक जक्सनबाट बजारमा आएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर