अफगान सेना र तालिबानबीचको भिडन्तमा तीन अफगान सेनासहित २३ जनाको मृ त्यु — OSNepal

अफगान सेना र तालिबानबीचको भिडन्तमा तीन अफगान सेनासहित २३ जनाको मृ त्यु

LC (KTM) July 03, 2021 0

फैजाबाद १९ असार -अफगानिस्तानको सरकारी फौज र यहाँका तालिबानहरुबीच भएको दोहोरो भिडन्तमा परी २३ जनाको ज्या न गएको छ । अफगानिस्तानको उत्तरी बादखसान प्रान्तमा सो भिडन्त भएको हो । त्यसमा परेर अरु कैयौँ व्यक्ति हराएका छन् ।

उक्त भिडन्तमा परी तीन जना अफगानिस्तानको सेनाका सदस्य पनि मा रिएका बादखसान प्रान्तका प्रान्तीय सूचना प्रमुखले बताएका छन् । सो क्षेत्रमा शुक्रबार रातिदेखि शनिबार मध्याह्नसम्म पनि भिडन्त भएको थियो । त्यसमा परेर कैयौँ तालिबान घाइते पनि भएका छन् ।

सो क्षेत्रमा तालिबानहरु लुकेर बसेको सूचनाका आधारमा यहाँको संयुक्त सुरक्षा फौजले हमला गरेको थियो । त्यस हमलामा परेर ती तालिबानहरु मारिएका हुन् । त्यस क्रममा तालिबानहरुले पनि सरकारी सुरक्षाफौजमाथि हमला गरेका थिए । ती हमलामा परेर तीनजना अफगान सेना मारिएका र अरु केही घाइते भएका थिए । सो क्षेत्रका केही समयअघि देखि ती तालिबानहरुले हिं सात्मक कारबाहीलाई जारी राखेका छन् । (रासस÷सिन्ह्वा)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर