सुनिल गिरीको जुम्ला बोलको गीतमा टिकटक स्टार मिस पवी र रोशन केसीको अभिनय — OSNepal

सुनिल गिरीको जुम्ला बोलको गीतमा टिकटक स्टार मिस पवी र रोशन केसीको अभिनय

LC (KTM) December 23, 2022 0

काठमाडौं, ८ पुस । गायक सुनिल गिरीको जुम्ला बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । शुक्रबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै गायक गिरीको भिडियो प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्र बहादुर शाही र डडेलधुराबाट प्रतिनिधिसभा उम्मेदवार बनेका सागर ढकालले संयुक्त रुपमा सार्वजनिक गरेका हुन् ।

हरेक पटक नयाँ र लोभलाग्दो स्थानमा पुगेर नयाँपन सहित म्यूजिक भिडियो ल्याउँदै आएका गायक गिरीले यसपटक जुम्ला नै पुगेर छायांकन गरेको भिडियोमा टिकटक स्टार मिस पवी र रोशन केसीको अभिनय देख्न सकिन्छ । भिडियोमा जुम्लाको स्थानीय रहनसहन, भेषभुषा र एब प्रेमील जोडीको रमाइलो प्रेमको किस्सालाई कलात्मक शैलीमा देखाइएको छ । अमन निलसागर र गायक गिरीकै शब्द रहेको गीतको छायांकन बिबेक बिकले गरेका हुन् भने भिडियोको सुम्पादन मनोज कार्कीले गरेका हुन् ।

शिशिर खातीले निर्देशन गरेको भिडियो सार्वजनिक समारोहमा बोल्दै सांसद शाहीले गायक गिरी र उनको टिमको प्रशंसा गरे । उनले जुम्ला भिडियोले नेपालको दुर दराजको सुन्दरताको वर्णन गरेको बताए । त्यस्तै ढकालले आँफुले नजिकबाट निहालेको जुम्लालाई म्यूजिक भिडियोमा देख्न पाउँदा खुशी लागेको बताए । त्यस्तै सर सफाई अभियन्ता केपी खनालले जुम्ला गीत भित्र देश र भेष भएको बताए । उनले भिडियोले नमुना गाउँ देखाउने जुम्ला टिमको खुलेर प्रशंसा गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर