अस्ट्रेलिया मा सामाजिक अभियन्ताहरु तथा संघ सस्थाहरुका पूर्व संस्थापकहरू बीच छलफल सम्पन्न — OSNepal

अस्ट्रेलिया मा सामाजिक अभियन्ताहरु तथा संघ सस्थाहरुका पूर्व संस्थापकहरू बीच छलफल सम्पन्न

LC (KTM) July 03, 2021 0

अस्ट्रेलिया लाई कर्मभूमि बनाएर विभिन्न सामाजिक संघ सस्थाको नेतृत्व गरी सक्नु भएका संस्थाका अग्रज, सामाजिक अभियन्ता तथा पूर्व संस्थापकहरूको अनुभव र नेट्वर्कलाई , नेपालीहरूको समाजीक संघ संस्था नेट्वर्कमा साटासाटा गरी नेपाली समुदायका संघ संस्था बीच भाईचारा र नेट्वर्कलाई अझं सुधीकरण गर्न को लागी गरिएको अन्तरकृया कार्यक्रम हिजो ११ बजे सुरु भएको थियो l हाल को अवस्था लाई मध्यनजर गर्दै जुम को मध्यम द्वारा सन्चालन गरिएको कार्यक्रम १२ बजे दिउसो समापन भएको थियो l अस्ट्रेलिया मा लगभग ३०० भन्दा बढी को हाराहारीमा सामाजिक सस्था हरुको रहेको छ भने सबै सामाजिक सस्था हरुले आफु ले सकेको सहयोग गर्दै आउनु भएको सबै मा जानकारी नै छ l

मातृभूमि मा दु:ख पर्दा सदैब सामाजिक सस्था हरु सहयोग को लागि सदैब लागि परिरहनु भएको त हामी सबै ले देखेको नै छौ तर सम्पूर्ण संघ सस्था को नेटवोर्क लाई फ्यासीलिटेट को जरुरी अत्यावश्यक देखिएको महसुस देखिएर संस्थाका अग्रज, सामाजिक अभियन्ताहरु सबै सग तिन महिना को बृहत छलफल पश्च्यात कार्य गर्ने सोच गर्दै सम्पूर्ण नेपालीहरूको समाजीक संघ संस्था नेट्वर्कको मुख्य मुलधार कायम राख्ने उदेश्य ले कार्यक्रम आयोजना गरिएको कोर्डिनेटर सुर्य गौतम (Coodinator Nepales Communities Ex-President Assembly of Australia 2021) ले जानकारी दिनु भएको थियो l

लगभग ५० जनाको उपस्थिति रहेको उक्त कार्यक्रम मा सबै संस्थाका अग्रज, सामाजिक अभियन्ता तथा पूर्व संस्थापकहरूले आफ्नो अनुभव सेर गर्नु भएको थियो भने सबै जनाको सम्पूर्ण संघ सस्था को नेटवोर्क लाई फ्यासीलिटेट माथि फ्यासीलिटेट प्रति सकारात्मक विचार रहेको जानकारी प्राप्त भएको थियो l उक्त कार्यक्रममा तल उल्लेखित वक्ता हरुको विचार र अनुभब बारे छलफल भएको थियो l

1. Mana Kc, NRNA ICC VP, 2. Bhupendra Kc – Engineers Nepal, 3. Buddi Dallakoti- Ex President Chitwan Samaj, 4. Dilli Dhakal senior Nepali leader, 5. Dipak Chudal – ex president Jhapali Samaj, 6. Bishnu KC Ex-president Edmonpark: Bardia Community, 7.Bishnu Ghimire – Ex-President EDMONSON/Bardia committee,8. Basanta Dhakal-South West Sports Club – Vice President; 9. Bhim Basnet – Rahino Club Granville President , 10. PR Adhikari – Ex president Tanahau Samaj, 11. Prakash Humagjai- President Lumeah Nepalese community, 12. Dipesh Chilwal – Ex secretary Edmondson Park Bardia Nepalese community, 13. Rabin Neupane – Secretary Edmondson Bardia Nepalese community, 14. Janaki Rimal – ICC women Coordinator;15. Pjay Shrestha – past Federal Liberal candidate; 16. Shree Napit – President Liberal Friend of Nepal; 17. Trilochan Pokharel- Ex-President Gorkha Samaj; 18. Nagendra Adhikari – Founder Of Cultural Diversity Network; 19. The program was run by Dhurba Pokharel – Ex-president of Gorkha Samaj

एक जना वक्ता ले एक उदाहरण दिनु हुदै दुबई बाट नेपालीहरुले अक्सिजन सिलिन्डर यति थान सहयोग नेपाल लाई गरे भनेर आयो तर अस्ट्रेलिया बाट संघ सस्था ले आफु ले गरिएपनि सबै संघ सस्था एक भएर ” अस्ट्रेलिया बाट नेपालीहरुले सहयोग यति गरे भनेर कहिल्यै आएन” त्यसकारण यो अति नै राम्रो सोच रहेको भन्दै सुर्य गौतम सहित को टिम लाई धन्यवाद दिनु भएको थियो l

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर