पशुपतिनाथले हामी सबैको रक्षा गरुन, हेर्नुहोस आजको राशीफल — OSNepal

पशुपतिनाथले हामी सबैको रक्षा गरुन, हेर्नुहोस आजको राशीफल

LC (KTM) July 04, 2021 0

मेषः– पूर्ण शान्तिको बातावरण अझै बन्ने छैन । फाइदा हुने काम कम हुनेछन् । काम गर्दा अरुको भनाई खानु पर्ने अवस्था आउन सक्छ सजग रहनुहोला । अरुलाई सहयोग बढि हुनेछ । फलदायी यात्राको सम्भावना देखिन्छ । नयाँ क्षेत्रमा लगानी भने नबढाउनु होला । व्यापार व्यवसायबाट थोरै आम्दानी हुनेछ ।

वृषः– आज पनि सयमले साथ दिने देखिन्न । सहज रुपमा काम गर्ने वातावरण विग्रिनेछ । आफुले सोचे जस्तो कहि कतै हुने छैन । अनावस्यक झमेलामा आइलाग्ने छन् । जोखिम मोलेर कुनै काम नगर्नु होला । व्यापार व्यवसायबाट उचित मुनाफा लिन सकिने छैन । विश्वास गरेकाले धोका दिनसक्छन् । आशाहरु निरासामा परिणत हुनेछन् ।

मिथुनः– समयमा काम गर्नु होला ढिला सुस्ति गरेमा उपलब्धि गुमाउनु पर्नेछ । दायावायाँ नलागि समयको सदुपयोग गरेर अगाडि बढ्नु होला । थोरै प्रयत्न गरेमा नयाँ काम हात पार्न सकिनेछ । आत्मिय जनको सहयोग मिल्नेछ । फलदायी यात्राको सम्भावनालाई नकार्न सकिन्न । आयत निर्यात व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ ।

कर्कटः–परिणाम मुखी कामको लागि तिव्र रुपमा इच्छाशक्ति बढाउनु होला । संघर्ष विना कहि केहि मिल्ने छैन । बाधा अवरोध खडा गर्न खोज्ने कम हुने छैनन । सवैलाई आफ्नो ठान्नु गलत हुनेछ । होशियार ! विश्वास घात हुनसक्छ । व्यापार व्यवसायबाट आय आर्जन बढ्नेछ । गोपनियता अप्नाउन नभुल्नु होला ।

सिंहः– अलमलमा नपरि आफ्ना कार्य योजना लिएर अगाडि बढ्नु होला । समस्याबाट पन्छिएर टाढा बस्नु भयो भने उपलब्धि हात लाग्ने छैन । व्यापार व्यवसायबाट सामान्य आम्दानी हुनेछ । अरुको भर परेर काम नगर्नु होला । पढाई लेखाईमा बाधा अवरोध आउन सक्छ । अनावस्यक खर्च कटौती गरेर काम गर्नु होला नत्र भविष्य सुगम हुने छैन ।

कन्याः– देखिएका सम्भावना विलाउने छन् । अनुकुल बातावरणमा काम गर्न पाईने छैन । काम गर्ने जोश जागर घट्नेछ । समस्या घट्ने भन्दा बढ्ने देखिन्छ । दैनिक काम काजमा अवरोध आउन सक्छ । गलत विचार बढ्नेछ । खर्चालु काम बढि हुनेछन् । व्यापार घट्नेछ । सहयोग गर्ने भन्दा माग्ने बढि होलान् ।

तुलाः– दिन अनुकुल देखिन्छ । आफनै बाहुबलबाट आर्थिक उन्नति हुनेछ । आफ्नो काममा अरुको मुख ताक्नु पर्ने छैन । काममा ढिला सुस्ति नगर्नु होला आफैलाई घाटा हुनेछ । वित्तिय कारोवारमा सामान्य सुधार आउनेछ । आफुलाई ज्ञान नभएका क्षेत्रमा लगानी नबढाउनु होला । ईष्टमित्रको सामान्य सहयोग मिल्नेछ ।

वृश्चिकः– कसैलाई वचन नदिनु होला,वोल्यो कि पोल्यो । सफलता असफलता तपाई आफ्नै हातमा रहेकोछ । पठन पाठनमा कम ध्यान जानेछ । लगनशिल भई गरेका काम सफल हुनेछन् । अरुलाई प्रयोग गरेर काम गर्नु भयो भने काममा सहजता आउनेछ । ऋण लगानी नगर्नु होला डुब्न सक्छ । व्यापारबाट अल्प लाभ हुनेछ ।

धनुः– हेलचक्र्याई नगर्नु होला,समग्रमा दिन अनुकुल देखिन्छ । विगतका कमि कमजोरी सच्याउने मौका मिल्नेछ । एजेन्सिका कामबाट लाभान्वित हुनुहुनेछ । पढाई लेखाईमा सामान्य प्रगति हुनेछ । कर्म गरेर भाग्य निर्माण गर्नु पर्ने देखिन्छ । आतिथ्यता ग्रहण गर्न पाईनेछ । साझेदारी काममा हात नहाल्नु होला ।

मकरः– समयले आज पनि साथ दिने देखिन्न । नयाँ काममा लगानी नबढाउनु होला । अरुलाई चाडो विश्वास नगर्नु होला धोका हुनेछ । व्यवसायमा अवनति हुनेछ । काम काजमा अवरोध आउनेछ । आर्थिक क्षेत्रमा समस्या आउन सक्छ । सहयोग गर्ने भन्दा खुट्टो तान्ने बढि हुनेछन् । मिथ्या आरोप लाग्न सक्छ सतर्क रहनुहोला ।

कुम्भः–नोकरी तथा राजनीतिमा आँशिक सफलता मिल्नेछ । बढि लाभ लिनलाई हेलचक्र्याई नगरि काम गर्नु होला । विरोधी कमजोर हुनेछन् । मुद्धा मामिलामा जीत हुनेछ । लाभान्वित हुनुहुनेछ । व्यापार व्यवसायबाट सोचे भन्दा राम्रो आम्दानी हुनेछ । सहयोग सामान्य खालको मिल्नेछ । आर्थिक कारोवारमा भने सतर्क रहनुहोला ।

मिनः–समयको सदुपयोग गर्नु होला उपलब्धि मुलक काम हुनेछन् । आफुले गरेका काम अरुका लागि उदाहरणीय हुन सक्छन् । आर्थिक उन्नति उच्च दरमा वृद्धि हुने देखिन्छ । मान्यजनको सहयोग सहानुभूति मिल्नेछ । नोकरी तथा राजनीतिमा नयाँ अवसर आउनेछ । इज्जत प्रतिष्ठा बढ्नेछ । रोकिएका काम धेरै जसो फस्र्योट हुनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर