गायक बिन्ती कुमारको 'अमिलो कागती'मा चर्चित मोडल उषा उप्रेती र मनोजको रोमान्स — OSNepal

गायक बिन्ती कुमारको ‘अमिलो कागती’मा चर्चित मोडल उषा उप्रेती र मनोजको रोमान्स

LC (KTM) December 24, 2022 0

काठमाडौँ । गायक बिन्ती कुमार गुरूङको अमिलो कागती बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ ।

‘होई मेरो संसार’ , ‘चु सैं ङल’ , लगायतका गीतका गायक बिन्तीले केही समयको अन्तरालमा बजारमा ल्याएको सार्वजनिक गीतमा पछिल्लो पुस्ताकी चर्चित मोडल उषा उप्रेती र मनोज गुरूङको अभिनय देख्न सकिन्छ ।

लोकप्रिय गीतकार तथा संगीतकार दीपक शर्माको शब्द तथा संगीतमा तयार अमिलो कागतीमा एक प्रेमील जोडीको प्रेम र रोमान्सका रमाइला किस्साहरुलाई देखाइएको छ ।

अमेरिकामा रहेर पनि नेपाली कला र गीत संगीतलाई नजिकबाट नियालीरहेका गायक गुरूङको पछिल्लो प्रस्तुती अमिलो कागतीको छायांकन बुद्ध थापाले गरेका हुन् भने सम्पादन विष्णु खड्काको रहेको छ ।

रायन कार्कीको निर्देशन रहेको भिडियो गायक बिन्ती कुमारकै अफिसियल च्यानल ज्यासमिन क्रियसनबाट बजारमा आएको हो । हेर्नुहोस् भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर