१ सय २७ जना सबार डुंगा पानीमा डुब्दा ४३ जनाको मृत्यु, ८४ जनाको उद्धार — OSNepal

१ सय २७ जना सबार डुंगा पानीमा डुब्दा ४३ जनाको मृत्यु, ८४ जनाको उद्धार

LC (KTM) July 04, 2021 0

एजेन्सी । आप्रावासीहरु चढेको डुंगा ट्युनिसिया नजिक दु र्घटना हुँदा ४३ जनाको मृत्यु भएको छ।अफ्रिकाबाट युरोपका लागि प्रस्थान गरेको डुंगा लिबियाको जुवारा बन्दरगाहबाट छुटेको डुंगा भुमध्य सागर पार गर्नेक्रममा ट्युनिशियाको जार्जीस नजिक दु र्घटनमा परेको समाचारमा जनाइएको छ ।

डुंगामा लिबिया, सुडान, बंगलादेश, इजिप्ट र इरिटियाका नागरिकहरु सवार रहेको बताइएको छ । मृत्यु हुनेहरुमा अधिकांश महिला र बालबालिका रहेका छन् । १ सय २७ जना आप्रावासी चढेको उक्त डुंगा डुब्दा ८४ जनाको उद्धार गरिएको बताइएको छ । इन्जिनमा आएको खराबीका कारण दु र्घटना भएको अनुमान गरिएको छ । घटनाबारे अनुसन्धान थालिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर