चेक रिपब्लिकलाई हराउँदै डेनमार्क युरोकपको सेमिफाइनलमा प्रवेश — OSNepal

चेक रिपब्लिकलाई हराउँदै डेनमार्क युरोकपको सेमिफाइनलमा प्रवेश

LC (KTM) July 04, 2021 0

काठमाडौं । जारी युरोकपमा चेक रिपब्लिकलाई पराजित गर्दै डेनमार्क युरो २०२० को सेमिफाइनलमा प्रवेश गरेको छ। गएराती सम्पन्न खेलमा डेनमार्कले २-१ गोलको जित निकाल्दै सेमिफाइनलमा प्रवेश गरेको हो ।

खेलको सुरुवातमा नै गोल गरेर चेक रिपब्लिकलाई दबाबमा पारेको डेनमार्कले पहिलो गोल हेडमार्फत गरेको हो । त्यस्तै ४२ मिनेटमा डोलबर्गले अर्को गोल गर्दै डेनमार्कको अग्रता दोब्बर पारे। दोस्रो हाफ सुरु भए लगत्तै चेकले गोल फर्कायो। ४९ मिनेटमा प्याट्रिक शिकले चेकका लागि गोल गर्न सफल भयो। त्यस्तै खेलको ४९ मिनेटमा प्याट्रिक शिकले चेकका लागि गोल गर्न सफल भयो तर उक्त गोल जीतका लागि काफी भएन ।

त्यस्तै युरोकपको अर्को खेलमा युक्रेनलाई ४(० ले पराजित गर्दै इंग्ल्याण्ड सेमिफाइनलमा प्रवेश गरेको छ । मध्यम स्तरको टिम युक्रेनलाई खाता नै खोल्न नदिई आँफुले गोलको वर्षा गर्दै इंग्ल्याण्ड २५ वर्षपछि युरोपेली च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको हो ।

युक्रेनलाई सानदार जित दिलाउन कप्तान ह्यारी केनले २ गोल गरे भने ह्यारी मगुएरे र जोर्डन हेन्डरसनले एक एक गोल गरेको खेल रोमाञ्चक बनेको भियो । खेल सुरु भए लगत्तै कप्तान केनले गोल गरेपछि युक्रेन दबाबमा त पर्यो तर गोल गर्न नसके पनि उसले अन्तिम समयसम्म प्रतिस्पर्धा जारी राख्यो ।

तर खाता नै खोल्न सकेन । इंग्ल्याण्डले ४ मिनेट, ४६ औं मिनेट, ५० औं मिनेट र ६३ औं मिनेटमा गरेर ४ गोल जोड्न सफल भएको हो । इग्ल्याण्डका लागि वैकल्पिक खेलाडी जोर्डन हेन्डरसनले कर्नरबाट अर्को गोल गरेपछि अहिले उनको चर्चा चुलिएको छ ।

माउन्टको कर्नरमा अनमार्क रहेका हेन्डरसनले सहजै हेडर गोल गरेका थिए । यो उनको अन्तर्राष्ट्रिय फुटबलमा पहिलो गोल पनि हो । इंग्ल्यान्डले फाइनल प्रवेशका निम्ति डेनमार्कसँग प्रतिस्पर्धा गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर