अस्मिता अधिकारीको स्वरमा रहेको डिजे गीत 'र्‍याट्ट र्‍याट्ट'मा सरोज र आभा (भिडियो) — OSNepal

अस्मिता अधिकारीको स्वरमा रहेको डिजे गीत ‘र्‍याट्ट र्‍याट्ट’मा सरोज र आभा (भिडियो)

LC (KTM) December 26, 2022 0

काठमाडौँ ।अग्नी पराजुली र अस्मिता अधिकारीको स्वरमा रहेको नेपाली डिजे गीत ‘र्‍याट्ट र्‍याट्ट’को भिडियो सार्वजनिक भएको छ । भिडियोमा सरोज प्रजा र आभा थापाको अभिनय रहेको छ ।

ओम कुमारी पराजुलीको प्रस्तुतीमा बनेको यस गीतमा शब्द तथा संगीत गायक पराजुलीको नै रहेको छ । गायक पराजुलीका ‘घायल बन्देउ न’, ‘उर्वशी’ लगायतका गीत चर्चित छन् । डिजे गीतहरु खोज्ने क्रममा नेपाली गीतहरु कम मात्रामा भेटिने भएका कारण यो गीत आफुले ल्याएको पराजुलीले बताए ।

दिनेश पराजुलीले छायांकन गरेको भिडियोका सम्पादक बिर बहादुर थारु हुन् । यसलाई सुरेन्द्र बसेलले निर्देशन गरेका हुन् भने देव दोर्जे लामाको कोरियोग्राफी रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर