आज बस्ने राष्ट्रिय सभाको बैठकमा प्रधानमन्त्री ओलीले राष्ट्रिय समावेशी आयोगको दोस्रो वार्षिक प्रतिवेदन पेश गर्दै — OSNepal

आज बस्ने राष्ट्रिय सभाको बैठकमा प्रधानमन्त्री ओलीले राष्ट्रिय समावेशी आयोगको दोस्रो वार्षिक प्रतिवेदन पेश गर्दै

LC (KTM) July 04, 2021 0

काठमाडौँ २० असार । राष्ट्रिय सभाको बैठक आज दोस्रो पटक बस्ने भएको छ । नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा दिउँसो १ बजे आठौँ अधिवेशनको दोस्रो बैठक बस्ने भएको हो । आज बस्ने राष्ट्रिय सभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राष्ट्रिय समावेशी आयोगको दोस्रो वार्षिक प्रतिवेदन, २०७६/०७७’ सभासमक्ष पेस गर्ने सम्भावित कार्यसूची रहेको लछ ।

यसैगरी, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिका सभापति रामनारायण विडारीले समितिको दोस्रो वािर्षक प्रतिवेदन २०७७/०७८ पेश गर्नेछन् ।आठौं अधिवेशनको पहिलो दिन आगामी आर्थिक वर्षको बजेटसँग सम्वन्धित सहित १६ वटा अध्यादेश टेबल भएको थियो ।

पहिलो पटक बसेको संसद अधिवेशनको बैठकले बजेटसँग सम्वन्धित सहित १६ वटा अध्यादेश पेश गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर