संवैधानिक इजलासमा सभामुख सापकोटाको पक्षबाट कानुन व्यवसायीको बहस शुरु — OSNepal

संवैधानिक इजलासमा सभामुख सापकोटाको पक्षबाट कानुन व्यवसायीको बहस शुरु

LC (KTM) July 04, 2021 0

काठमाडौँ २० असार । संसद विघटन विरुद्ध सर्वोच्च अदालतमा परेको मुद्धाको सुनुवाइमा आज सभामुख अग्नि प्रसाद सापकोटाको पक्षबाट कानुन व्यवसायीले बहस शुरु गरेका छन् ।

पक्ष र विपक्षबाट सुनुवाई शुक्रबार सकिए लगत्तै आज आइतबार समामुखको तर्फबाट बहस शुरु भएको हो । प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबरा, न्यायाधीश दीपक कुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा।आनन्दमोहन भट्टराई इजलासले सभामुखको तर्फबाट बहस गर्ने कानुन व्यवसाहीलाई दूई घण्टाको समय छुट्टाएको छ ।

सभामुखको तर्फबाट श्रीकृष्ण सुवेदी, बरिष्ठ अधिवक्ता उपेन्द्र केशरी न्यौपाने, लव कुमार मैनाली र श्याम खरेलले बहस गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर