७४ हजार खसीबाख्रालाई लगाईयो पिपिआरको खोप — OSNepal

७४ हजार खसीबाख्रालाई लगाईयो पिपिआरको खोप

LC (KTM) July 04, 2021 0

वीरगञ्ज, २० असार- खसीबाख्रामा लाग्ने पिपिआर रोगबाट सुरक्षित राख्न पर्साका १४ स्थानीय तहमा ७४ हजार खसीबाख्रामा खोप लगाइएको छ । आर्थिक वर्ष २०७७÷०७८ को कार्यक्रमअनुसार सो रोगविरुद्धको खोप लगाइएको कार्यालयका निमित्त प्रमुख वीरबहादुर श्रेष्ठले राससलाई बताउनुभयो ।

उहाँले जनकपुर प्रयोगशालाबाट एक लाख ५० हजार डोज खोप मागेकामा ७४ हजार खोप डोज मात्र पठाइएको बताउनुभयो । महामारीका रुपमा रहेको पिपिआर रोगविरुद्धको खोप प्रत्येक वर्ष लगाउँदै आए पनि पूर्णरुपमा खोप प्राप्त हुन नसकेकाले कतिपय ठाउँमा खसीबाख्रामा उक्त खोप लगाउन नसकिएको हो ।

पिपिआर रोग सरुवा रोग भएकाले समयमै खोप लगाएपछि अन्य ठाउँमा यो रोग भने सर्न सकेन । तीन महीनाभन्दामाथिका खसीबाख्रा, बोका, पाठापाठीलाई सो रोगविरुद्धको खोप लगाइए पनि गर्भिणी बाख्रालाई उक्त रोगविरुद्धको खोप भने लगाउन नहुने कार्यालयले जनाएको छ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर