तास खेलिरहेको अवस्थामा मोटो रकम सहित ३१ जना पक्राउ — OSNepal

तास खेलिरहेको अवस्थामा मोटो रकम सहित ३१ जना पक्राउ

LC (KTM) July 04, 2021 0

काठमाडौं, २० असार- काठमाडौं, तारकेश्वर नगरपालिका-७ फुटुङ्ग स्थित लाल बहादुर ताङ्गको कुखुरा फर्ममा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४४ वर्षीय हरिलाल राजबा लगायत ११ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । उक्त फर्ममा अबैध रुपमा जुवातास खेलिरहेको छ भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी बृत्त बालाजुबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ४४ हजार ८ सय ५५ रुपैयाँ र तास सहित पक्राउ गरेको हो ।

यसैगरी काठमाडौं, चन्द्रागिरी नगरपालिका-३ बस्ने कमल थापाको घरमा तास खेलिरहेको अवस्थामा सोही नगरपालिका-१ दहचोक बस्ने ३६ वर्षीय किशोर बखती लगायत ६ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उनको घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले नगद ५० हजार ७० रुपैयाँ र ३ बुक तास सहित उनीहरूलाई पक्राउ गरेको हो ।

यसैगरी काठमाडौं महानगरपालिका-१५ बिजेश्‍वरी स्थित घरमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ५३ वर्षीय कर्मा गुरुङ्ग लगायत ३ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । उक्त घरमा तास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरुलाई नगद २२ हजार १ सय ३० रुपैयाँ र १२ बुक तास सहित पक्राउ गरेको हो ।

नवलपरासी(पूर्व), देवचुली नगरपालिका-१७ कुजौली बस्ने ३९ बर्षीय जीतलाल थनेतको खाजा घरमा तास खेलिरहेको अवस्थामा थनेत लगायत ११ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उनको खाजा घरमा तास खलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) बाट खटिएको प्रहरीले उनीहरुलाई नगद ४३ हजार ७ सय ८५ रुपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर