पासपोर्टको झमेला सकेर हंगेरीमा रमाउँदै बलिउड अभिनेत्री कंगना, उनको धाकड फिल्मको शुटिंग चाँडै हुदै — OSNepal

पासपोर्टको झमेला सकेर हंगेरीमा रमाउँदै बलिउड अभिनेत्री कंगना, उनको धाकड फिल्मको शुटिंग चाँडै हुदै

LC (KTM) July 04, 2021 0

पासर्पाेट पाएपछि बलिउड अभिनेत्री कंगना रनावत बिदेशमा घुमिरहेकी छिन् । उनको नयाँ चलचित्र धाकडका लागि उनी बिदेश धाईरहेकी हुन् । उनी अहिले हंगेरी पुगेकी छन् । आइतबार उनले आफ्नो इन्स्टाग्राममा हंगेरीका बिभिन्न सहरहरु घुम्दै गरेको फोटोहरु सेयर गरेकी छन् ।

उनको चलचित्रको छायांकन हंगेरीको बुडापेस्टमा हुनेछ । उनी अब बुडापेस्ट पुग्ने छिन् । उनको चलचित्रका नायक अर्जुन रामपाल भने छायांकन अघि नै आफ्नो परिवार संगै बुडापेस्ट पुगिसकेका छन् । उनी बुडापेस्ट शहर घुमीरहेका छन् ।

कोरोनाका कारण फिल्म शुटिंग स्थगित भएको थियो । अब केही दिनमै शुटिंग सुरु हुने बताईएको छ । यसअघि कंगनाको पासपोर्ट नबिकरण भएको थिएन । पासपोर्टका बिषयमा धेरै लफडा भएपछि बल्ल उनको पासपोर्ट नबिकरण भएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर