सुशान्त सिंह राजपुतकी गर्लफ्रेण्ड रिया चक्रवर्ती भईन् ट्रोलको शिकार , फाटेको पाइन्ट लगाएको भन्दै पैसा जम्मा गरेर जिन्स सिलाउ भन्दै उडाए मज्जाक — OSNepal

सुशान्त सिंह राजपुतकी गर्लफ्रेण्ड रिया चक्रवर्ती भईन् ट्रोलको शिकार , फाटेको पाइन्ट लगाएको भन्दै पैसा जम्मा गरेर जिन्स सिलाउ भन्दै उडाए मज्जाक

LC (KTM) July 04, 2021 0

बलिउडका उदाउँदा चम्किला स्टार सुशान्त सिंह राजपुतको निधन पछि उनको गर्लफ्रेण्ड रिया चक्रावर्ती धेरै चर्चामा आईन् । उनी सुशान्त संगै जोडीएको ड्रग्स केशमा समेत पक्राउ परिन् । यो बिचको समयमा उनले निक्कै सास्ती नै खेपिन् पनि ।

त्यहि भएर उनी हत्तपत्त सामाजिक सञ्जालमा खासै सक्रिय रहेकी छैनन् । तर पनि उनको आलोचना भने अझै नै सकिएको छैन । उनलाई सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले उडाईनै रहेका हुन्छन् । यसैबीच सामाजिक सञ्जाल इन्स्टाग्राममा कुकुरहरुलाई खाना खुवाउँदै गरेको भिडियो शेयर गरेकी रिया चक्रावर्ती फेरि ट्रोलको शिकार बनेकी छिन् ।

उनी एकपटक टोर्लसको निशानामा परेकी हुन् । उनलाई कुकुरहरुलाई खाना खुवाएको बिषयमा ट्रोल बनाएका भने हैनन् । कुरो यो हो कि उनले लगाएको लुगाका कारण उनी ट्रोलको शिकार बनिन् । उनले शेयर गरेको भिडियोमा उनी सेतो सर्ट र ग्रन्ज जिन्समा देखिएकी छिन् ।

रियालाई ग्रन्ज जिन्स पाइन्टका कारण ट्रोल गरिएको हो। उनलाई प्रयोगकर्ताहरुले एकदमै हेपेर ट्रोल गरेका छन् । फाटेको पेन्ट लगाएको प्रति संकेत गर्दै उनीहरुले पैसा जम्मा गरेर जिन्स सिलाउन भन्दै मजाक उडाएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर