क्वालिटी इन्टरटेनमेन्ट अवार्डको फारम खुल्यो — OSNepal

क्वालिटी इन्टरटेनमेन्ट अवार्डको फारम खुल्यो

LC (KTM) July 04, 2021 0

काठमाडौं, १९ असार- निषेधाज्ञा खुकुलो भएसँगै विविध गतिविधि सुरु भएको छ । यसै क्रममा सँगीत क्षेत्र तथा चलचित्र क्षेत्रको गतिविधि पनि सुरु भएको छ । यसै क्रममा बिगत डेढ दशकदेखि नेपाली चलचित्र, म्युजिक भिडियो, बृत्तचित्र निर्माणसँगै गीत संगीत उत्पादन, वितरण गर्दै आएको क्लालिटी फिल्मस् प्रा.लि.ले अब यो क्षेत्रको विकाश र प्रोत्साहनका लागि अवार्ड पनि आयोजना गर्ने भएको छ । क्वालिटी फिल्मस्का अध्यक्ष उमेश गुरुङले नेपाली गीतसंगीत क्षेत्रको प्रवर्धन तथा प्रोत्साहनका लागि अवार्ड गर्न लागिएको बताएका छन् ।

क्वालिटी फिल्मस्का तर्फबाट ‘क्वालिटी इन्टरटेनमेन्ट अवार्ड २०७८’ आयोजना गरिने भएको छ । सर्जकलाई सम्मान, गुणस्तरीय सृजनालाई प्रोत्साहन भन्ने नाराका साथ यो अवार्ड आयोजना हुन लागेको हो । क्वालिटी इन्टरटेनमेन्ट अवार्डको लागि १७ असारबाट फारम खुल्ला गरिएको छ । क्वालिटी फिल्मस्को कार्यालय अनामनगर र अनलाईन मार्फत पनि यो अवार्डको फारम भर्न सकिने अध्यक्ष गुरुङले बताएका छन् । अवार्डको फारम १५ साउनसम्म बुझाईसक्नु पर्ने र त्यसपछि चाँडो भन्दा चाँडो अवार्ड आयोजना गरिने पनि अध्यक्ष गुरुङले जानकारी गराएका छन् ।

अध्यक्ष गुरुङका अनुसार यो अवार्ड विविध ४७ विधामा प्रदान गरिने छ । गीत संगीत तर्फ, गायिक, गायिका, संगीतकार, गीतकार, सँगीत संयोजक, म्युजिक कम्पनी, रेकर्डिस्ट, म्युजिक भिडियो निर्देशक, छायाँकार, सम्पादक, अभिनेता अभिनेत्रीलाई यो अवार्ड प्रदान गरिने छ । यस्तै चलचित्र विधाको पनि गीत संगीत, स्कृप्ट, अभिनय, निर्देशन जस्ता विधामा अवार्ड प्रदान गरिने छ । फेशन विधामा फेशन स्टाईल, कस्ट्युम डिजाईन जस्ता विधामा अवार्ड प्रदान गरिने भएको छ । यी विधामा डायस्पोरा तर्फ पनि अवार्ड प्रदान गरिने भएको छ ।

यो अवार्डको लागि २०७६ बैशाख १ बाट २०७८ असार मसान्त सम्म रेकर्ड भएर सार्वजनिक रुपमा आएका गीत संगीत, म्युजिक भिडियो, चलचित्र, लघू चलचित्र फेशन कार्यक्रम, मोडलिङ जस्ता विधाले भाग लिन पाउने छन् । यस इन्टररटेनमेन्ट अवार्ड अन्तर्गत गीत संगीत, म्युजिक भिडियो, चलचित्र, लघू चलचित्र, फेशन, मोडलिङ, सामाजिक अभियान जस्ता विविध विधामा अवार्ड प्रदान गरिने पनि क्वालिटी फिल्मसका अध्यक्ष उमेश गुरुङले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर