भारतमा जेसीबी अपरेटरको रुपमा काम गर्दै आइरहेका १९ वर्षीय सुनिलको मृत्यु — OSNepal

भारतमा जेसीबी अपरेटरको रुपमा काम गर्दै आइरहेका १९ वर्षीय सुनिलको मृत्यु

LC (KTM) January 05, 2023 0

बैतडी -भारतको पिथौरागढमा बैतडीका एक किशोरको मृत्यु भएको छ । मृत्यु हुनेमा पुर्चौंडी नगरपालिका ५ दहतोलीका १९ वर्षीय सुनिल बोहरा रहेका छन् । उनले भारतमा जेसीबी अपरेटरको रुपमा काम गर्दै आएका थिए ।

गएको एक वर्षदेखि पिथौरागढमा काम गर्दै आएका बोहराको बुधबार मृत्यु भएको उनका मामा धनबहादुर बोहराले बताए। बोहराका अनुसार जेसीबी दुर्घटना भएर हो वा च्यापिएर मृत्यु भएको हो भन्ने कुरा अझै खुल्न बाँकी रहेको छ ।

बैतडी प्रहरीले भने यसबारे आधिकारीक जानकारी नआएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर