कालोधनलाई सेतोधन बनाउन खोज्दा सहकारीले रकम त पचायो नै तर धम्कायो पनि ! — OSNepal

कालोधनलाई सेतोधन बनाउन खोज्दा सहकारीले रकम त पचायो नै तर धम्कायो पनि !

LC (KTM) January 05, 2023 0

रुषा थापा- कति मानिसले घरपरिवारमा थाहै नदिई बढी ब्याजको लोभमा सहकारीमा पैसा राखे । यता कतिले राजस्व छलेर, स्रोत नखोलेको पैसा वा भ्रष्टाचार गरेर कमाएको पैसा बढी ब्याजको लोभमा सहकारीमा राखे । तर पछिल्लो समय सहकारीहरु डुब्न थालेपछि वा भाग्न थालेपछि यिनीहरु पनि पैसा निकाल्न सहकारी पुगे । यी मानिसहरुले आफ्नो घरपरिवारलाई थाहा नदिनुस् भनेर सहकारीका सञ्चालक, अधयक्ष र कर्मचारीलाई भने । यता स्रोत नखोलेको सम्पत्ति र घरपरिवारलाई थाहा नदिएको रकम सहकारीमा राखेको सहकारीका सञ्चालक तथा अध्यक्षहरुले थाहा पाइपछि अहिले यिनीहरु पैसा माग्न जाँदा सहकारीका सञ्चालकदेखि कर्मचारीसम्मै तेरो पोल खोलिदिन्छौँ भन्दै धम्की दिइरहेका छन् ।

भागेकाले त पैसा लगि नै हाले तर नभागेकाले पनि यस्तो राजनीति गरे । हिजो मानिसहरुले घरपरिवारबाट एक्लिएर सहकारीमा पैसा राखे तर अहिले पैसा माग्न जाँदा तेरो घरपरिवारलाई भनिदिन्छु वा तेरो कालोधन हो भनेर सार्वजनिक गरिदिन्छु भन्दै धम्काइ रहेका छन् ।कति बुढाबुढीले बिरामी हुँदा, बुढेसकालमा काम लाग्छ भनेर घरपरिवारलाई थाहा नै नदिई सहकारीमा पैसा राखे तर अहिले पैसा लिन जाँदा उनीहरुलाई पनि डराउने, धम्काउने काम सहकारीका सञ्चालकहरुले गरिरहेका छन् । यता घरपरिवारलाई थाहै नदिई पैसाराखेकाले भोलि यसकारणले घरायसी अवस्था बिग्रिन सक्ने हुनाले मानिसहरु आफुले खाईनखाई सहकारीमा जम्मा गरेको रकम पनि त्याग्न बाध्य छन् ।

बैंकमा १० लाखभन्दा बढी रकम राख्दा स्रोत खुलाउनुपर्छ तर सहकारीमा करोडौँ रुपैँया राख्दा पनि स्रोत खुलाउनु पर्दैन । मानिसहरुले पनि बैंकमा पैसा राख्दा स्रोत खुलाउनुपर्छ भनेर सबै पैसा सहकारीमा राखे । यसरी व्यापारी, सरकारी कर्मचारी, ठेकेदार, गैरकानूनी काम गर्नेहरुले सहकारीमै रकम जम्मा गरे । एकतिर बढी ब्याज आउने त अर्कोतिर स्रोत पनि खुलाउनु नपर्ने भएकाले मानिसहरुले सहकारीमै पैसा राखे । पछिल्लो समय भाग्ने सहकारी भाहिाले, डुब्ने पनि बन्द भइ नै हाले तर नडुबेका वा नभागेका सहकारीहरुमा आफ्नो पैसा निकाल्न जाँदा पनि उल्टै बचतकर्तालाई नै तनाव दिने काम भइरहेको छ ।

यिनीहरुले पनि हिजोका दिन स्रोत नखुलेका रकम घरपरिवारलाई थाहै नदिई सहकारीमा राखे । तर अहिले घरपरिवारलाई भनौँ भनि विवाद हुन्छ त नभनौँ त सहकारीले पैसा खाइदिन्छ । सहकारीका सञ्चालकहरुले हिजोका दिन सर्वसाधारणलाई भ्रममा पारेर, विश्वास दिलाएर यस्ता रकम जम्मा गर्न लगाए तर अहिले यही अवस्थाको फाइदा उठाएर सञ्चालकहरुले रकम फिर्ता गरेनन् ।

हिजो जुन विश्वासमा मानिसहरुले सहकारीमा पैसा राखे तर अहिले त्यो विश्वास नै घात भयो । अब त चुपचाप लागेर आफ्नो पैसा माया मार्नुपर्छ । अहिले नेता, व्यापारी, सरकारी कर्मचारी, राजनीतिक दलका नेतासबैलाई सहकारीले पैसा नदिईपनि तनाव छ । बुढोपाकाले भन्थे, आफ्नो आन्तरिक कुरा बाहिरका मानिसहरुले थाहा पाएमा उनीहरुले यसको फाइदा उठाउँछन् । अहिले यो सही साबित भएको छ ।

सहकारीका सञ्चालकहरुले मानिसहरुलाई भ्रममा पारी, बढी ब्याजको लोभ देखाई वा विश्वास दिलाई उनीहरुको सबै कुरा एकाएक गरेर पनि खोताले र पैसा पनि राख्न लगाए तर अहिले त्यही कुराको आडमा उनीहरुले सर्वसाधारणलाई फसाए । यसरी गैरकानूनी काम गरेर वा स्रोत नखुलेका रकमहरु एकै मानिसले सहकारीमा १० लाखदेखि ३ करोडसम्म राखेको सुनिन्छ । सुढुदीकरण विभागले सहकारीमा पैसा राख्दा आयस्रोत खुलाउनुपर्छ भनेर पहिल्यै निर्णय नगर्दा सहकारीमा कालोदेखि सेतो धनसम्म जम्मा भयो । तर मानिसहरुले आयस्रोत खोलाउनु पर्दैन भनेर कालो धनलाई पनि सेतो धन बनाउन सहकारीमा धमाधम पैसा राखे । तर अहिले आफ्नो पैसा डुब्ने अवस्थामा पुगेपछि वा सहकारीहरुले बचतकर्ताको रकम फिर्ता नगरेको सुने पछियो अवस्था निम्तियो ।

आफ्रनै पैसा सहकारीमा राख्दा फिर्ता आएन तर उल्टै गैरकानूनी काम गरेर सहकारीमा पैसा जम्मा गरेको भनेर सहकारलिे तर्साउने गरिरहेको छ । सहकारीका सञ्चालकहरुले संगो पानीलाई धमिलो बनाउन माछा मार्न खोजिरहेका छन् । उनीहरुले त्यस्तो पैसा राख्ने मानिसहरुलाई धम्काएर, तर्साएर वा तनाव दिएर पैसा पचाउन खोज्यो । सहकारीहरुले यस्तोसम्म पनि गर्छन् भनेर यी मानिसहरुले सोचेका थिएनन् । तर पैसा राख्ने मानिसहरुको कमीकमजोर थाहा पाउनेबित्तिकै सहकारीहरुले मौकाको फाइदा उठायो । अब कि त आफ्नो घरपरिवारलाई भन्ने भएपनि भन वा मेरो सबै कुरा सार्वजनिक गर भनेर उजुरी गर्नुपप्यो होइन भनेर त्यो रकम नै माया मार्नुपप्यो ।

भुपु सरकारी कर्मचारीदेखि भुपु सांसद र मन्त्रीसम्मकै यस्तो रकम सहकारीहरुले फिर्ता नदिएको वा पचाउन खोजेको भनेर बजारमा सुनिन्छ । साथै, यस्ता रकमहरु सहकारीमा निकाल्नका लागि मानिसहरु गएको तर फिर्ता नपाएर निराश भएर फर्केको देखिन्छ । बुढापाकाले भन्थे, काम साँचे आफैलाई, खाना साँचे अरुलाई । अहिले ठ्याक्कै यही भएकोछ । मानिसहरुले आफ्नो घरपरिवारलाई थाहा नदिई वा एक छाक मिठो खान नदिई रकम जम्मा गरे तर त्यो रकम अहिले सहकारीले खाइदियो । यसरी सहकारीहरुले सर्वसाधारणलाई त फसाए नै तर ठुल्ठुल्ला व्यापारीदेखि सरकारी कर्मचारी, नेता, सांसद आदिलाई पनि फसाए । अब यस्ता पैसा राख्ने मानिसहरुलाई मर्नु कि बाँच्नु भइरहेको छ । कालो धनलाई सेतो धन बनाउन खोज्दा, परिवारलाई थाहै नदिई बढी ब्याजको लोभमा सहकारीमा पैसा राख्दा आफैँ फसियो । अहिले घरपरिवारलाई भनौँ भनी परिवारमा विवाद भई परिवार छुटिन पनि सक्छ तर परिवारलाई नभनौँ नि सहकारीमा राखेको रकम माया मार्नुपर्छ । मानिसको मर्ने समयमा अन्तिम घडीमा हजुरको व्यवहार के छ ? भनेर सोधिने गरिन्छ ।

यता मानिसहरुले पनि मर्ने बेलामा सत्य कुरा गर्छन् । उता त्यो मानिस मरेपछि परिवारले लिने ठाउँमा लिन्छन् र दिने ठाउँमा दिन्छन् । तर सहकारीले त मान्छे नमर्नुन्जेल नै मानिसको रकम खाइदियो । न घरपरिवारलाई नै भन्नदियो न पैसा नै फिर्ता गप्यो । अहिले मानिसहरु अचानक दुर्घटना भएर केही कारण बस मरेमा त्यस्ता मर्ने मान्छेको खातामा भएको रकम बैंक तथा सहकारीले खाइदिन्छ । सहकारीले यतिसम्म गरेर पनि जनतालाई फसाए र लुटे । मानिसहरुले पनि हिजोका दिन सोचविचार नगरी सहकारीमा रकम राखे । उनीहरु पनि बढी ब्याजको लोभमा सहकारीमा पैसा राख्न बाध्य भए । पैसा राखे पनि आफ्नो आन्तरिक वा व्यवहारिक कुरा खोल्नुहुदैँन भनेर उनीहरुले सोचेनन् ।

अब यस्तो पैसा राख्ने मानिसहरु सहकारीविरुद्ध उजुरी गर्न कहाँ जाने ? साथीभाइ वा सञ्चारकर्मीलाई भनौँ भने कालोधन राखिएको छ नभनौँ भने त्यो रकम सहकारीले खाइदिन्छ । अब यिनीहरुले कि त सहन नसकेर आत्महत्या गर्नुपर्छ होइन भने चुपचाप सहेर बस्नुपर्छ । अहिले लाखौँ मानिसहरुलाई यो समस्या परेको छ । सहकारीले यिनीहरुको पैसा फिर्ता नगर्ने र योजनाबद्ध रुपमा खाइदिने भएका छन् । यता कुन सहकारीमा कसको कति रकम छ भनेर न सहकारी विभागलाई थाहा छ न वडा कार्यालय र नगरपालिकालाई नै थाहा छ । यता सहकारीमा पैसा राख्ने र सहकारीका सञ्चालकलाई मात्रै यति बचतकर्ताको यस्तो नाम गरेको यति रकम छ भनेर थाहा हुन्छ ।

तर अहिले ती बचतकर्ताहरुले आफ्नो घरपरिवारलाई जानकारी नगराई सहकारीमा पैसा राख्दा यसको फाइदा सहकारीका सञ्चालकदेखि अध्यक्ष र कर्मचारीले उठाए । यसकारण त्यो रकम डुब्ने अवस्थामा पुग्यो । यसरी सहकारीहरुले जनताकै पैसा लिए र जनतालाई नै तर्साउने , धम्काउने गरेर तनाव दिए ।
पछिल्लो समय धेरैजसो महिलादेखि आफ्नो श्रीमानलाई थाहा नदिई सहकारीमा पैसा राखे तर अहिले सहकारीले पैसा फिर्ता नदिईपछि उनीहरु अन्योलमा परेका छन् । अहिले उनीहरु सहकारीमा पैसा निकाल्न जाँदा सहकारीका सञ्चालकहरु तेरो श्रीमानलाई भनिदिन्छु वा परिवारलाई भनिदिन्छु भन्दै डराउने काम गरिरहेका छन् । यता श्रीमानलाई भन्यो नै कि त सम्बन्धविच्छेद हुन्छ नभनौँ भने सहकारीमा खाईनखाई राखेको रकम डुब्छ ।

यसरी घरसल्लाह नगरी सहकारीमा पैसा राख्दा वा आफ्नो परिवारको कमीकमजोरी सहकारीका सञ्चालक तथा कर्मचारीहरुले थाहा पाउँदा सहकारीले पैसा त फिर्ता गरेनन् त श्रीमान श्रीमतीको सम्बन्धविच्छेद हुनुको कारण पनि सहकारी बन्यो । हिजो नाफा हुनुन्जेल सहकारीले बजारबाट पैसा पनि तान्यो र ब्याज पनि दियो । तर अहिले सहकारी डुब्नेअवस्थामा पुगेपछि यस्तो राजनीति गप्यो । मानिसहरु भन्छन्, जहाँ कंगाल त्यही चन्दाल ।

सहकारीहरु पनि डुबेपछि, भागेपछि वा पैसा फिर्ता गर्न नसक्ने अवस्थामा पुगेपछि यिनीहरुले यो उपाय अपनायो । अझैपनि कुन सहकारीमा कसले कति रकम राखेको छ भनेर आफ्नो घरपरिवारलाई भनौँ है । किनभन्दा आफ्नो घरपरिवार मिलेमा आफ्नो रकम डुब्नबाट बच्छ । त्यसैले, समयमै सोचविचार गरौँ । अबपनि आफ्नो घरपरिवार एकजुट नहुने हो भने तपार्इँहरु यसरी राखेको रकम सहकारीले खाइदिन्छ । त्यसैले, आफ्नो घरपरिवार एकजुट हौँ र सहकारीमा भएको रकम फिर्ता ल्याऔँ । साथै, ब्याजको लोभमा सहकारीमा पैसा लगेर कसैले नराखौँ । किनभन्दा सहकारी भनेका ठग, चोर हुन् । सहकारीमा पैसा राख्न छोड्औँ र भएको पनि छिटै निकाल्लौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर