माओवादी नेतृ पम्फा भुषालकी आमाको निधन — OSNepal

माओवादी नेतृ पम्फा भुषालकी आमाको निधन

LC (KTM) July 05, 2021 0

काठमाडौँ । नेकपा माओवादी केन्द्रकी स्थायी समिति सदस्य पम्फा भुषालकी आमाको निधन भएको छ । भुषालकी आमा इन्द्रकला भुषालको ९३ वर्षको उमेरमा आज बिहान निधन भएको हो । ललितपुर कुसुन्तीस्थित आफ्नै निवासमा इन्द्रकलाको निधन भउको हो ।सामाजिक सञ्जाल ट्वीटरमार्फत ।

उनको निधनमा सभामुख अग्नि सापकोटाले श्रद्धाञ्जली व्यक्त गरेका छन् । उनले लेखेका छन् ‘पम्फा भुषालकी ममतामयी आमा इन्द्रकला भुषालको ९३ वर्षको उमेरमा आज विहान कुसुन्तीस्थित निवासमा निधनको खबरले स्तब्ध छु,’ सापकोटाले भनेका छन्, ‘दिवंगत भुषालप्रति भावपूर्ण श्रद्धाञ्जली! शोकाकुल परिवार एवं आफन्तजनमा गहिरो समवेदना व्यक्त गर्दछु ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर