साझा यातायातको विद्युतीय बस चढ्दै राष्ट्रपति भण्डारी — OSNepal

साझा यातायातको विद्युतीय बस चढ्दै राष्ट्रपति भण्डारी

LC (KTM) January 07, 2023 0

ललिलपुर- राष्ट्रपति विद्यादेवी भण्डारी ललिलपुरस्थित मदन पुस्तकालयलगायत स्थानको अवलोकनका लागि प्रस्थान गर्न शनिबार साझा यातायातको विद्युतीय बस चढ्दै । तस्बिरः नवीन पौडेल÷रासस

यो पनि: चिडियाखानाले उद्धार गर्नुपर्ने जीवजन्तु घटेकुनै- समय वार्षिक एक हजारभन्दा बढी जीवजन्तुको उद्धार गर्दै आएको ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानामा पछिल्लो समय यसरी ल्याइने जीवजन्तुको सङ्ख्यामा कमी आएको छ ।

पछिल्लो समय सामुदायिक वन सञ्चालनमा आउँदा जीवजन्तु उक्त स्थानमै बास बस्ने गरेका र मानिसमा जीवजन्तुलाई माया गर्नुपर्छ भन्ने भावना पलाउनु पनि उद्धार गर्ने जनावर घट्नुको कारण रहेको बताइएको छ । विशेषगरी उद्धार गरेर ल्याइनेमा चितुवा, नीर बिरालो, स्याल, बाँदर, कछुवा रहेका छन् । त्यसमा सबैभन्दा बढी चितुवा ल्याउने गरिएको चिडियाखाननका व्यवस्थापन प्रमुख रचना साहले जानकारी दिनुभयो ।

उहाँका अनुसार उद्धार गरी ल्याइने अधिकांश जनावरलाई लामो समय स्वास्थ्य उपचार गर्नुपर्छ । उपचारका क्रममा केही मर्छन् । उपचारपछि राम्रो स्वास्थ्य भएकालाई सम्भव भएसम्म बासस्थानमै लगेर छाड्ने गरिएको छ । केहीलाई स्थानको अभाव हुँदाहुँदै पनि यही राखेर व्यवस्थापन गरिँदै आएको प्रमुख साह बताउनुहुन्छ ।

यसरी ल्याइने जनावर काठमाडौँ उपत्यकाका विभिन्न स्थान चोभार, चन्द्रागिरि र केही उपत्यका बाहिरबाट पनि ल्याइने गरिएको छ । उहाँका अनुसार उद्धार गरी ल्याइएका जनावर कोही मानिसलाई आक्रमण गर्न आउँदा मानिसले कुटेर घाइते भएका त कोही रोग लागेर अलपत्र अवस्थामा रहेका हुन्छन् । गत वर्ष चिडियाखानाले सानाठूला गरी करिब छ सय जनावरको उद्धार तथा उपचार गरेको जनाएको छ ।

हाल चिडियाखानामा एक सय १० प्रजातिका एक हजार ६८ जीवजन्तु रहेका छन् । त्यहाँका मुख्य आकर्षणका रूपमा बाघ, भालु, चितुवा र रातो हाब्रे छन् । ती प्रजातिमध्ये ३३ स्तनधारी, ६१ चरा, आठ उभयचर र १७ प्रजातिका माछा छन् । नेपालमा लोप हुन लागेको भनी सूचीकृत ३८ दुर्लभ वन्यजन्तुमध्ये १५ लाई चिडियाखानाले संरक्षण गरी प्रदर्शनीमा राखेको छ ।

चिडियाखाना अवलोकन गर्न विदेशीका लागि रु सात सय ५०, सार्क देशका लागि रु पाँच सय, नेपालीलाई रु एक सय ५० र नेपाली विद्यार्थी तथा ज्येष्ठ नागरिकका लागि रु ९० शुल्क निर्धारण गरिएको छ ।

तत्कालीन राणा प्रधानमन्त्री श्री ३ जुद्धशमशेर जङ्गबहादुर राणाले सन् १९३२ मा निजी चिडियाखानाका रूपमा स्थापना गर्नुभएको थियो । विसं २०११ देखि सर्वसाधारणका लागि खुला गरिएको चिडियाखानाको विसं २०५२ देखि व्यवस्थापनको जिम्मा नेपाल सरकारले राष्ट्रिय प्रकृति संरक्षण कोषलाई हस्तान्तरण गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर