भारतको लखनउमा भएको बस दुर्घटनामा परी ३ जना नेपालीको ज्यान गयो — OSNepal

भारतको लखनउमा भएको बस दुर्घटनामा परी ३ जना नेपालीको ज्यान गयो

LC (KTM) January 09, 2023 0

काठमाण्डौ- भारतको लखनउमा भएको दुर्घटनामा ३ नेपालीको मृत्यु भएको छ । शनिवार राति १२ बजेतिर लखनउमा बस दुर्घटनामा परी ३ नेपालीको मृत्यु भउको खबर बाहिर आउको हो । ज्यान गुमाउने नेपालीमा ज्यान गुमाउनेको परिचय नखुले पनि कैलालीको टीकापुरका दुई पुरुष र एक महिला रहेको बताइएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख देवेन्द्रबहादुर पालले दुर्घटनापछि उनीहरुको आफन्तहरु भारत गएको बताए । दुर्घटनामा बस चालक भारतीय नागरिकको पनि ज्यान गएको थियो ।

दुर्घटनामा १४र१५ जना घाइते भएका खबर आएको कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाले बताउ । घटनाको विस्तृत जानकारी आउन बाँकी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर