माघे सङ्क्रान्तिका लागि कालिमाटीमा तरुल व्यपार सुरु — OSNepal

माघे सङ्क्रान्तिका लागि कालिमाटीमा तरुल व्यपार सुरु

LC (KTM) January 09, 2023 0

नजिकिँदै गरेको माघे सङ्क्रान्तिमा बिक्रीका लागि कालिमाटी फलफूल तथा तरकारी बजारमा राखिएको तरुल ।

यो पनि : सेयर बजार निरन्तर उकालोमा, पाँच अर्बभन्दा बढीको कारोबार:साताको दोस्रो कारोबार दिन सोमबार पनि सेयर बजार उकालो लागेको छ । आज नेप्से परिसूचकमा ४६।७६ अंकले वृद्धि भई २२११।३८ विन्दुमा पुगेको हो । आज २।१६ प्रतिशतले सेयर बजार बढेको छ।

आइतबार सेयर बजारमा २०।५५ अंकको वृद्धि भएको थियो भने पाँच अर्बभन्दा बढीको कारोबार भएको थियो ।

सोमबार २५७ कम्पनीको कारोबार हुँदा एक करोड ४६ लाख ७६ हजार २०६ कित्ता सेयर किनबेच भयो । यस्तै, पाँच अर्बभन्दा बढीको सेयर कारोबार भएको छ ।

आज रिडी पावर कम्पनीको सर्वाधिक सेयर कारोबार भएको छ । यस कम्पनीको २० करोडभन्दा बढीको सेयर बिक्री भएको छ ।

यता, वरुण हाइड्रोपावर, खानीखोला हाइड्रोपावर, छ्याङ्दी जलविद्युत, जोशी हाइड्रोपावर, हिमालयन उर्जा, युनियन हाइड्रोपावर, सिंगटी हाइड्रो इनर्जी र खप्तड लघुवित्तमा १० प्रतिशतले वृद्धि भएको हो ।

कुल १७३ कम्पनीमा उकलो लागेको छ भने ३१ कम्पनीमा ओरालो लागेको छ । ६ कम्पनीको मूल्य भने स्थिर रहेको छ ।

आज १३ उपसुचकमध्ये होटल तथा पर्यटनबाहेका सबै उपसुचकमा हरियाली छाएको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर