छक्का पञ्जा नायिका सुपुष्पाको विबाहमा चर्चित कलाकार तथा निर्देशक निश्चलको कमेडी डान्स, सामाजिक संजालमा भिडियो भाइरल — OSNepal

छक्का पञ्जा नायिका सुपुष्पाको विबाहमा चर्चित कलाकार तथा निर्देशक निश्चलको कमेडी डान्स, सामाजिक संजालमा भिडियो भाइरल

LC (KTM) July 05, 2021 0

काठमाडौं । ‘रणवीर’ ‘छक्का पञ्जा’ जस्ता फिल्माम अभिनय गरेकी अभिनेत्री सुपुष्पा भट्टले विवाह गरेकी छन् । महामारीको समय भएकाले उनले पारिवारिक जमघटमा विवाह गरेको बुझ्न सकिन्छ । उनले सामाजिक सजालमा तस्बिर सार्वजनिक गरेपछि मात्र यसवारे थाहा भएको हो । अभिनेत्री सुपुष्पा भट्टले गत शुक्रबार प्रेमी रौनक विक्रम कँडेलसँग विवाह गरेकी हुन् ।

काठमाडौंको गोकर्ण रिसोर्टमा सम्पन्न भएको सुपुष्पा र रौनक विक्रमको विवाहमा परिवार, आफन्त र केही फिल्मकर्मीको उपस्थिति रहेको थियो । महामारीको जोखिम भएकाले उनको विवाहमा सिमित ब्यक्ति मात्र बोलाइएको थिया ।

अभिनेत्री सुपुष्पाले ‘रणवीर’, ‘छक्का पञ्जा’ र ‘चपली हाइट ३’ फिल्ममा काम गरेकी छन् । साथै केही विज्ञापनमा समेत उनले काम गरेकी छन् । रौनक विक्रम कँडेलले भने फिल्म निर्माता हुन्, उनले ‘कबड्डी’ र ‘मिस्टर झोले’मा लगानी गरेका छन् । सुपुष्पा र रौनकको गत बैशाख १५ गते इन्गेजमेन्ट भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर