सङ्खुवासभामा उत्पादित सखर प्रतिकिलो २५० मा बिक्री गर्छन स्थानिय — OSNepal

सङ्खुवासभामा उत्पादित सखर प्रतिकिलो २५० मा बिक्री गर्छन स्थानिय

LC (KTM) January 09, 2023 0

सङ्खुवासभाको खाँदबारी नगरपालिका–९ स्थित तुम्लिङटारको साँगुरीमा उखुको रस पकाएर डल्ला बनाउन कचौंरामा राखिएको सखर । यहाँ उत्पादित सखर प्रतिकिलो रु २३० देखि रु २५० मा बिक्री गरिन्छ ।

यो पनि : भ्रष्टाचारका सबै फाइल खोलेर दोषीलाई कारबाही गर्नुपर्छ स् रवि लामिछाने : काठमाडौं, २५ पुस । राष्ट्रिय स्वतन्त्र पार्टी सभापति तथा दलका नेता रवि लामिछानेले आफ्नो पार्टीले पाएको मतलाई निराशाको मतको रुपमा अर्थ्याएको भन्दै खण्डन गरेका छन् ।

संघीय संसदको अधिवेशन सुरु भएसँगै प्रतिनिधिसभाको जारी बैठकलाई सम्बोधन गर्दै उपप्रधान तथ गृहमन्त्रीसमेतत रहेका उनले राष्ट्रिय स्वतन्त्र पार्टीले निराशाको मत नभएर आशाको मत रहेको दाबी गरे ।

‘हामीमाथि आरोप छ । हामीले पाएको मतलाई निराशाको मत भनिएको छ । तर, होइन हामीले पाएको मत आशाको हो,’ उनले बैठकमा भने ।
जनताको जीविकाको पक्षमा बलियो आवाज आफूहरुले उठाउने जानकारी दिँदै उनले जनताको चाहनाअनुरुपको काम गर्ने र सोहीअनुसारको भूमिका खोलिदिन विपक्षी दलसँग आग्रह गरे ।

भ्रष्टाचारका फाइल खोल्र्नु पर्ने र निर्मम भएर छानबिन गरेर कारबाही गर्नुपर्ने भन्दै उनले भ्रष्टाचारविरुद्धको अभियानको पक्षमा उभिन सबै दल र सांसदहरुलाई आग्रह गरे ।

भ्रष्टाचारीलाई छुटाउन वा कारबाही गर्नबाट रोक्न कुनै पनि वाधा नपुर्याउन सबैलाई आग्रह गर्दै उनले आफू र आफ्ना सांसदहरुले अनियमिता र कुनै पनि काण्डमा नमुछिने वाचा गरे ।

सो क्रममा उनले आफ्नो दलले जनअपेक्षा अनुरुप काम नगरे वा गर्न नसके सरकार र सत्ता टाँसिएर नबस्ने पनि बताएका छन् । आफ्ना दलका कुनै पनि नेताले गलत काम गरेमा उनीहरूलाई स‌ंरक्षण पनि नगर्ने उनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर