इन्ट्रा फाउण्डेशनको राहत कार्यक्रम स्थगित, नायक दिलिपले भने, 'विपतमा सँगै हुनेछौं' — OSNepal

इन्ट्रा फाउण्डेशनको राहत कार्यक्रम स्थगित, नायक दिलिपले भने, ‘विपतमा सँगै हुनेछौं’

LC (KTM) July 05, 2021 0

काठमाडौं। अमेरिकी गैर सरकारी संस्था ‘इन्ट्रा नेशनल वेल फेयर एण्ड सपोर्ट फाउण्डेशन अफ अमेरिका’द्वारा संचालित राहत अभियान स्थगित गरिएको छ । नेपालका कलाकारहरु दिलिप रायमाझी, संजीत भण्डारी, रिचा थापा लगायतको सहभागितामा काठमाडौं उपत्यका र जिल्लाहरुमा फाउण्डेशनद्वारा राहत प्रदान गरिएको थियो ।

फाउण्डेशन अमेरिकाका प्रबन्ध निर्देशक रुद्र बानियाका अनुसार कोभिड-१९ ले भएको लकडाउनका कारण अप्ठेरोमा परेकालाई प्रदान गरिँदै आएको राहत कार्यक्रम स्थगित भएको तर अन्य राहत कार्यक्रमहरु भने कायमै रहेको बताए । यो फाउण्डेसनका नेपाल निर्देशक भने अभिनेता दिलिप रायमाझी हुन् । रायमाझीले फाउण्डेशन विपतमा सँधै सँगै रहने बताए । अमेरिकामा सात बर्षदेखि संचालित यो संस्था नेपालमा पनि दर्ता भएर संचालित छ । अमेरिकामा दश हजार बढि सदस्य रहेको यो संस्थाका पदाधिकारीहरु अमेरिकाबाट नै नेपाल आएर राहतमा सहभागि बनेका थिए ।

फाउण्डेशनका सदस्य तथा अभिनेता सन्जित भण्डारीले आफु यो संस्थासँग जोडिएर देशलाई दुखेको बेला देशको हितमा काम गर्न पाउँदा खुशी लागेको बताए । यो संस्थामा हाल चलिरहेको ‘दि भ्वाईस अफ नेपाल’का बलिया प्रतिष्पर्धी किरण गजमेर पनि आबद्द रहेका छन् । गजमेरले संस्थासँग आवद्ध रहेर राहतमा खटिने विमला श्रेष्ठ, ओजस्बी थापा, बवि श्रेष्ठ, रञ्जित अधिकारी, निक शर्मा, ऋचा थापा लगायतलाई धन्यवाद दिएका छन् ।

फाउण्डेशनले अमेरिकामा रहेका नेपालीहरुलाई लक्षित गरी विभिन्न खेलकुदका कार्यक्रमहरु, मेरो डान्स कप अफ यूएसए, मेरो भ्वाईस कप यूएसए लगायतका विभिन्न सहयोगी कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । नेपालमा विगत तीन वर्ष देखि डे केयर होम सञ्चालन गरिरहेको र निकट भबिष्यमा नै झापा जिल्लामा वृद्दाआश्रम संचालनमा ल्याउने तयारी रहेको संस्थापक अध्यक्ष डिल्ली अधिकारीले बताए । भुटानी शरणार्थी क्याम्पमा रहेका र तेस्रो मुलुक जान नमान्ने वृद्द वृद्दालाई मासिक पाँच हजार रुपैयाँ दिने घोषणा पनि अधिकारीले गरे । उनले राहतको कार्यक्रम नेपालमा लकडाउन सहज भएको कारणले बन्द गरिएको भएता पनि आवश्यक परेको खण्डमा फाउण्डेशन सँधै तयार रहने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर