साउथका सुपरस्टार राम चरणसँग जोडी बाँध्दै बलिउड नायिका कियरा — OSNepal

साउथका सुपरस्टार राम चरणसँग जोडी बाँध्दै बलिउड नायिका कियरा

LC (KTM) July 05, 2021 0

एजेन्सी- बलिउड नायिका कियरा आडवाणी साउथका सुपरस्टार राम चरणसँग फिल्म खेल्ने भएकी छन् । उनले चलचित्र ‘आरसी १५’मा चरणसँग मिलेर फिल्म खेल्न लागेकी हुन् । भारतका विभिन्न भाषामा बन्न लागेको यो चलचित्रको छायांकन सेप्टेम्बरबाट सुरु गर्ने तयारी रहेका बताइएको छ ।

राम चरणको मुख्य भूमिका रहेको चलचित्र ‘आरआरआर’को छायांकन सेड्यूल कोभिडका कारण प्रभावित भएका कारणले यो चलचित्रको काम सुरु हुन समय लागेको हो ।

फिल्ममा राम चरण एक प्रहरी अफिसर्सको भूमिकामा देखिदैछन् । यो चलचित्रलाई ६ महिना लगाएर छायांकन गरिने बताइएको छ । फिल्ममा एक्सन र ड्रामा भरपुर रुपमा प्रयोग गरिने बताइएको छ । एस शंकरले निर्देशन गर्न लागेको यो चलचित्रलाई दिल राजुले निर्माण गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर