अष्ट्रेलियाभर अन्तर्राष्ट्रिय नेपाली दिवश मनाईने — OSNepal

अष्ट्रेलियाभर अन्तर्राष्ट्रिय नेपाली दिवश मनाईने

LC (KTM) January 11, 2023 0

आधुनिक नेपालका एकीकरणकर्ता श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको सम्मान अनि सम्झनामा अष्ट्रेलियाका नेपालीहरूले पृथ्वीजयन्ति एवम् ‘अन्तर्राष्ट्रिय नेपाली दिवश’ मनाउनेभएका छन्। हरेक वर्ष अष्ट्रेलियाका नेपालीले पुष २७ लाई नेपाली दिवशको रुपमा मनाउने गर्दछन्। पृथ्वीनारायण शाहको एकीकरण अभियानकै कारणविश्वमा नेपाली पहिचान बनेको र विश्वमा नेपालीभनेर चिनिन पाएको कारण पृथ्वी जयन्तिको दिनलाई‘अन्तर्राष्ट्रिय नेपाली दिवश’का रूपमा मनाउने गरेकोराष्ट्रिय समारोह आयोजक कमिटीका मदनमणि अधिकारीले जानकारी दिनु भएको थियो ।

अष्ट्रेलियामा पृथ्वी जयन्ति ‘अन्तर्राष्ट्रिय नेपाली दिवश’का रूपमा भव्य र व्यापक रूपमा मनाउनथालेको धेरै वर्ष भईसकेको छ। अष्ट्रेलियाका नेपाली सामाजिक अभियन्ता डिला खरेल सन् २०१० देखी नैअष्ट्रेलियामा नेपाली समुदायले पुष २७ लाई पृथ्वीजयन्ति तथा नेपाली दिवशको रूपमा मनाउँदै आएको जानकारी दिनु भएको थियो । नेपाली हुनुको आत्मबोध र आगामीपुस्तालाई नेपाली राष्ट्रियतासँग साक्षात्कार गराउनेमहान दिनको रूपमा यसलाई लिन सकिने र पर्नेउनको ठम्याई छ।

पृथ्वी जयन्ति ‘अन्तर्राष्ट्रिय नेपाली दिवश’काआयोजक कमितीका सदस्य युवा अभियन्ता दीपक पौडेलले पृथ्वीनारायण शाहको सम्बन्धमा गलतकथा बुन्ने र स्थापित गर्नका लागी तथाकथितबुध्दिजिवीहरू नै लागेको देखिनु घृणित कार्य रहेको बताउँछन्। नेपाल एकीकरण र नेपाली राष्ट्रियताकोमियोका रूपमा पृथ्वीनारायण शाहलाई लिनुपर्ने र उनको एकता अभियानको निरन्तरता एवं नेपालीपहिचानको गौरवपूर्ण स्वीकारलाई साक्षात्कार गर्नेअवसरका रूपमा संसारभर छरिएका नेपालीलेलिनुपर्ने उनको भनाई छ। ‘अन्तर्राष्ट्रिय नेपाली दिवश’को स्वरूपमा पृथ्वी-जयन्तीलाई यस वर्ष पनिगौरव, श्रध्दा र नेपाली एकताको सन्देश दिने दिनरहेको आयोजकको भनाई छ।

बुधबार नेपाली भएकोमा गर्व गर्ने अष्ट्रेलियामा बस्नेनेपालीहरूले विभिन्न कार्यक्रमका साथ पृथ्वीनारायणशाहको सम्झना गर्ने कार्यक्रम तय भएको छ। अष्ट्रेलियाको सिड्नीमा विशेष कार्यक्रमनेपालीहरूको घना बसोबास भएको ओबनमा हुनलागेको छ। क्यानबेरा, मेलबर्न, एडिलेड, पर्थ, तासमानिया र डार्बिनमा पनि पृथ्वी जयन्तिकोउपलक्षमा कार्यक्रम आयोजना हुने छ। सबैराज्यहरूमा कार्यक्रमको खाका बनेकोआयोजकहरूले जानकारी दिएका छन्।

सिड्नीको कार्यक्रम:

सिड्नीमा आयोजना हुने कार्यक्रम ओबन पार्कमा हुनलागेको छ। विहान ११ बजे देखी दिनभर नै ओबनमाविभिन्न प्रस्तुती र माल्यार्पणको कार्यक्रम हुनेछ।

कार्यक्रमको विवरण:

स्थान: Auburn Park, Hutchinson Street, Auburn NSW

मिती: पौष २७, २०७९, बुधबार 11 January,2023

समय: बिहान ११ बजे देखी ५ बजे सम्म (सिड्नीकोसमय अनुसार)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर