हाते कागज बनाउन लोक्ता केलाउँदै उद्यमी महिला — OSNepal

हाते कागज बनाउन लोक्ता केलाउँदै उद्यमी महिला

LC (KTM) January 11, 2023 0

ताप्लेजुङको फुङ्लिङ नगरपालिका—७, फुलपातीडाँडास्थित छिरिङ नेपाली हाते कागज उद्योगमा कागज बनाउन लोक्ता केलाउँदै दुई उद्यमी महिला ।

यो पनि : एनआइसी एसिया बैंकद्वारा क्यास डिपोजिट मेसिन सञ्चालनमा:एनआइसी एसिया बैंकले क्यास डिपोजिट मेसिन ९सिडिएम० सञ्चालनमा ल्याएको छ । क्यास डिपोजिट मेसिनबाट भौचर नभरी खाता र मोबाइल नम्बरका आधारमा खातामा रकम जम्मा गर्न सकिने बैंकले जनाएको छ ।

बैंकले देशका विभिन्न स्थानमा १० वटा मेसिन सञ्चालनमा ल्याएको हो । काठमाडौंस्थित न्युरोड बिशाल बजार शाखा, कमलादी शाखा, खिचापोखरी शाखा, त्रिपुरेश्वर शाखा, रजिष्टर्ड अफिस ९थापाथली० शाखामा मेसिन सञ्चालनमा ल्याएको छ ।

रुपन्देहीस्थित बुटबल शाखा, कास्कीस्थित पोखरा महेन्द्रपुल शाखा, कैलालीस्थित धनगढी चौराहा शाखा, मोरङस्थित विराटनगर शाखा र पर्सास्थित वीरगञ्ज शाखामा पनि क्यास डिपोजिट मेसिन सञ्चालनमा ल्याएको जनाएको छ ।

उक्त मेसिनमा ५०० र १०० दरका नोटहरू गरी एक पटकमा अधिकतम ९९ हजार ५०० र दैनिक अधिकतम ९ लाख ९९ हजार ५०० रुपैयाँसम्म जम्मा गर्न सकिने बैंकले जनाएको छ ।

रकम जम्मा गर्दा खातावाला वा अन्य व्यक्तिले सो मेसिनमा ट्याप गरी बचतकर्ताले उक्त मेसिनमा आफ्नो मोबाइल नम्बर र खाता नम्बर उल्लेख गरेपछि निजको मोबाइलमा अस्थायी पासवर्ड ९ओटिपी० कोड प्राप्त हुनेछ।

बचतकर्ताले उक्त कोड क्यास डिपोजिट मेसिनमा टाइप गरेपछि उक्त मेसिनमा आफूले जम्मा गर्न चाहेको नगद राखेपछि रकम गनेर खातामा जम्मा गर्नासाथ क्यास स्लिप अथवा मोबाइलमा डिपोजिट भएको जानकारी प्राप्त हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर