एलिना र शंभुको स्वरमा रहेको 'अन्त नजर'मा कमल र अलिसाको रोमान्स — OSNepal

एलिना र शंभुको स्वरमा रहेको ‘अन्त नजर’मा कमल र अलिसाको रोमान्स

LC (KTM) January 11, 2023 0

काठमाडौँ । लोकप्रिय गायिका एलिना चौहान र शम्भु श्रेष्ठको स्वर रहेको ‘अन्त नजर’ बोलको गीतको भिडियो रिलिज गरिएको छ ।

रमणीय स्थल पाइलट बाबामा निकै नै मेहेनत गरेर छायांकन गरिएको गीतमा गायक श्रेष्ठकै शब्द शृजना रहेको छ । जसमा लोकप्रिय संगीतकार भिम बिसीको संगीत रहेको छ ।

कमल सिंह र अलिसा बास्तोलाको अभिनय रहेको गीतमा पछिल्लो पुस्तामा सर्वाधिक रुचाइएका सिनेम्याटोग्राफर उत्सब दाहालको छायांकन रहेको छ भने दिनसन शाहको सम्पादन र कलरिगं रहेको छ ।

सन्तोष राजवाहकको निर्देशन रहेको भिडियो संगीतकार भिम बिसीको युटुयुब च्यानल भिम बिसीबाट बजारमा आएको हो । हेर्नुहोस् प्रेम र रोमान्सले भरिएको सार्वजनिक गीतको भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर