अमेरिकामा सम्पन्न शारीरिक सुगठन प्रतियोगिता नेपाली मूलका सिंहले जिते दुई स्वर्ण पदक — OSNepal

अमेरिकामा सम्पन्न शारीरिक सुगठन प्रतियोगिता नेपाली मूलका सिंहले जिते दुई स्वर्ण पदक

LC (KTM) July 05, 2021 0

अमेरिकामा सम्पन्न शारीरिक सुगठन प्रतियोगिता नेपाली मूलका उत्सव सिंहले दुई स्वर्ण पदक प्राप्त गरेका छन् । उनि यसरी प्रतियोगितमा सहभागी हुने सम्भवत स्वर्ण पदक हात पार्ने पहिलो नेपाली मूलका हुन् । उक्त प्रतियोगिता टेक्ससमा भएको थियो ।

अमेरिकाको टेक्ससमा बस्दै आएका नेपाली मूलका शारीरिक सुगठनका उत्सव सिंह अमेरिकी पत्रिकाको आयोजना गरेको कार्यक्रममा सहभागी भएका थिए । उनले मिस्टर युएसए २०२१ नेचुरल प्रो क्वालीफाईएर कम्पिटिसन् ( प्राकृतिक प्रो योग्यता प्रतियोगिता)मा दुई वटा स्वर्ण पदक प्राप्त गरेका हुन् ।

सिंहले पुरुषहरुको फिजीक क्याटोगोरी र नोभिस क्याटोगोरी (शारीरिक वर्ग र नवदीक्षित वर्ग )मा प्रथम स्थान हासिल गरेका हुन् । यो प्राप्त संगै उनि अब व्यवसायिक खेलाडीको रुपमा योग्य भएका छन् । उनि यस्तो पदक जित्ने पहिलो नेपाली हुन् भने उनले नेपाल र नेपालीको नाम उच्च राख्न सफल भएका छन् ।

टेक्सस राज्यको ड्यालसमा बिगत ७ बर्ष देखि बसोबास गर्दै आएका सिंहको पुर्खौली घर बुटवल हो । उनले अगस्त २४ ,२०१९ का दिन अमेरिकाको मेरिल्याण्ड राज्यको लरेल शहरमा सम्पन्न एनपीसी क्यापिटल ग्रान्ड प्रिक्स प्रतियोगितामा सिंहलाई स्वर्ण पदक प्राप्त गरेका थिए ।

उनि नेपालमा छँदा ७० केजी तौल समूहमा मिस्टर भक्तपुरमा तेश्रो स्थान प्राप्त गरेका थिए । नेपालमा शारीरिक सुगठनको अन्य खेल खेलेका छन् ।भक्तपुरमा भएको अर्को प्रतिस्प्रद्धामा मिस्टर बडी बिल्डिंग अफ द ईयरमा दोश्रो र भैरहवामा भएको मिस्टर नेपालमा सहभागी हुँदा आफ्नो तौल समुहमा तेश्रो स्थान समेत भएका थिए ।यसै गरि बुटवल श्री प्रतियोगितामा आफ्नो तौल समूह प्रतियोगितामा तेश्रो स्थान हासिल गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर