शिव मन्दिरमा ४७ फिट अग्लो त्रिशूल स्थापना — OSNepal

शिव मन्दिरमा ४७ फिट अग्लो त्रिशूल स्थापना

LC (KTM) January 12, 2023 0

काठमाडौँ-अर्घाखाँचीको सन्धिखर्क–२ घोचेखोलामा रहेको शिव मन्दिरमा ठूलो त्रिशुल स्थापना गरिएको छ । सन्धिखर्क–२ शिवालय क्षेत्रमा रहेको शिव मन्दिरमा ४७ फिट अग्लो त्रिशूल आज वैदिक विधिपूर्वक पूजाआजा गरी स्थापना गरिएको हो । धार्मिक पर्यटक भित्र्याउने उद्येश्यले पण्डित केशवराज आचार्यले वैदिक विधिपूर्वक पूजाआजा गरी त्रिशूल स्थापना गरिएको स्थानीय रामु केसीले बताउनुभयो । सन्धिखर्कबाट नजिकै प्राकृतिक मनोरम वातावरणमा रहेको यस शिवालय क्षेत्रमा शिव भगवानको मन्दिरसमेत रहेको छ । यस स्थानमा शिवरात्रिको दिन विशेष पूजाआजा तथा दैनिक पूजा हँुदै आएको छ । दाङमा रहेको त्रिशूल साढे ४१ फिट अग्लो छ । पाल्पाको भैरवनाथ मन्दिरमा रहेको ३५ फिट अग्लो रहेको बताइएको छ ।

-नेकपा ९एकीकृत समाजवादी० का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र जापानको संसद्को प्रतिनिधिमण्डलबीच आज भेटघाट भएको छ । जापानी संसद्का सदस्य मासाकी जैरासँग आलोकनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा अध्यक्ष नेपालले भेटघाट गर्नुभएको हो । भेटमा नेपाल र जापानबीचको सम्बन्ध, आर्थिक, जलविद्युत् परियोजना, पर्यटन, नारायणहिटी दरबार सङ्ग्रहालयलगायत जापान सरकारको सहयोगका विषयमा छलफल भएको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिनुभयो ।

जापानमा क्रियाशील राजनीतिक दल र नेपालका विभिन्न राजनीतिक दल बीचका अन्तरसम्बन्धका बारेमा सो अवसरमा छलफल भएको थियो । भेटघाटका क्रममा आर्थिक लगानीका विषयमा जापानका प्राथमिकतासम्बन्धी सुझावको आदान प्रदान गरियो । जापानमा नेपाली श्रमिकको भूमिका, श्रमका क्षेत्रमा नेपालको योगदानका विषयमा जापानकोतर्फबाट सकारात्मक धारणा व्यक्त भएको जनाइएको छ ।

अध्यक्ष तथा पूर्वप्रधानमन्त्री नेपालले दुवै मुलुकको सम्बन्ध र हितकाबारेमा धरणा राख्दै नेपालको विकासका लागि जापानको भूमिकाको सराहना गर्नुभयो । साथै आगामी दिनमा एकापसमा मिलेर अगाडि बढने विषयमा उहाँले चर्चा गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर