४५ लाख ठगी गरेको आरोपमा ‘पोई पर्‍यो काले’का निर्देशक शिशिर राणा पक्राउ — OSNepal

४५ लाख ठगी गरेको आरोपमा ‘पोई पर्‍यो काले’का निर्देशक शिशिर राणा पक्राउ

LC (KTM) July 05, 2021 0

काठमाडौँ । चर्चित फिल्म ‘पोई पर्‍यो काले’का निर्देशक शिशिर राणा पक्राउ परेका छन् । निर्देशक तथा कलाकार राणा ठगी आरोपमा पक्राउ परेको स्रोतले जनाएको छ । स्रोतका अनुसार राणा बैंकिङ कसुर मुद्दामा पक्राउ परेको उनलाई ४५ लाख ठगी गरेको आरोप लागेको छ । राणाले नबिल बैंकमा रहेको खाताबाट भुक्तान हुने गरी पीडितको नाममा ४५ लाख रुपैयाँको चेक दिएको तर लामो समयसम्म पनि उक्त रकम नपाएपछि लेक बाउन्स भएको हो ।

२०७६ सालमा उनले घर व्यवहार चलाउन तथा व्यवसायमा लगानी गर्नको लागि पैसा सापटी लिए तर उनले पैसा फिर्ता दिन पटक पटक आनाकानी गरेको र अन्त्यमा आएर खातामा पैसा नै नभए पनि अपुग रकम भएको खाताको चेक दिएपछि उनी बैंकिङ कसुर मुद्दामा समातिएाक हुन् ।

सीआईबी प्रहरी उपरिक्षक श्यामकुमार महत्तोका अनुसार उच्च अदालतको फैसला अनुसार उनलाइ पक्राउ गरिएको हो । पक्राउ लगत्तै उनलाई ललितपुर जिल्ला अदालतमा पेस गरिएको र थप अनुसन्धान भइरहेको सिआईबीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर