एउटा कुकुरको दाम ४ हजार करोड — OSNepal

एउटा कुकुरको दाम ४ हजार करोड

LC (KTM) January 13, 2023 0

तपाई हामीलाई अचम्म लाग्न सक्छ कुकुर बिरालो जस्ता जनावरको दाम करोडौ पर्छ भन्दा । तर कुकुर(बिरालोको मूल्य करोडौं रुपैयाँमा पर्ने जनावरको मूल्यसँग सम्बन्धित सामाजिक सञ्जाल अध्ययनमा धेरै चकित पार्ने खुलासा भएको छ। तीमध्ये धेरै जनावरहरू सेलिब्रेटीको हैसियत राख्छन्। एउटा कुकुरको मूल्य हजार करोड हुन्छ ।

अल अबाउट क्याट्स’ को रिपोर्टमा यी जनावरहरूबारे बताइएको छ। अमेरिकाकी चर्चित गायिका टेलर स्विफ्टसँग स्कटिश फोल्ड नस्लको बिरालो ओलिभिया बेन्सन छ । यो संसारको तेस्रो महँगो जनावर भएको दाबी गरिएको छ। यो बिरालोको मूल्य ८ सय करोडभन्दा बढी हुने अनुमान गरिएको छ । दोस्रो नम्बरमा बिरालो पनि छ।

यो बिरालो पनि एक सामाजिक मिडिया प्रभावकर्ता हो। यसको नाम नाला बिरालो हो, जो इन्स्टाग्राममा नाला क्याट नामले लोकप्रिय छ। यो बिरालोको इन्स्टाग्राममा ४४ लाखभन्दा बढी फलोअर्स छन्, रिपोर्टमा नालाको मूल्य ८२५ करोडभन्दा बढी अनुमान गरिएको छ । नालाको नाम गिनिज बुक वल्र्ड रेकर्डमा पनि लेखिएको छ ।

महँगो जनावरहरूको सूचीको शीर्षमा जर्मन शेफर्ड जातको कुकुर गुन्थर भि आइ रहेको छ। यो इटालियन कम्पनी गुन्थर कर्पोरेशनको स्वामित्वमा छ। यसको मूल्य ४ हजार करोडभन्दा बढी रहेको बताइएको छ । न्युयोर्क पोस्टको रिपोर्टमा भनिएको छ कि यी जनावरहरूको सूची इन्स्टाग्राम एनालिटिक्सको आधारमा बनाइएको छ, जनावरहरूले प्रति दिन सामाजिक सञ्जाल पोस्टबाट कति कमाउँछन्रु सूची बनाउँदा यी कुरालाई ध्यानमा राखिएको छ ।

टेलर स्विफ्टले सन् २०२० मा इन्स्टाग्राममा ओलिभियाको तस्बिर पोस्ट गरेकी थिइन्, यो तस्बिरलाई २० लाखभन्दा बढीले लाइक गरेका थिए । त्यसो त टेलर स्विफ्ट आफ्नो बिरालोलाई कति माया गर्छिन्, यो कुरा उनको सोशल मिडिया पोस्टबाट स्पष्ट देखिन्छ। टेलर स्विफ्टको बिरालोपछि संसारको सबैभन्दा महँगो जनावरहरूमा प्रसिद्ध अमेरिकी टिभी होस्ट ओप्रा विन्फ्रेका कुकुर श्याडी, सन्नी, लरेन, लायला र ल्यूक पर्छन्, जसको मूल्य करिब २५० करोड रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर