मोडलनिशा घिमिरे हाँस्न र मोटाउन थालेपछि दिदी उषाका आँखाबाट थामिएनन् आशु, भन्छिन् 'अब मेरी बहिनी चाँडै बोल्नेछिन् र हिड्छिन्' — OSNepal

मोडलनिशा घिमिरे हाँस्न र मोटाउन थालेपछि दिदी उषाका आँखाबाट थामिएनन् आशु, भन्छिन् ‘अब मेरी बहिनी चाँडै बोल्नेछिन् र हिड्छिन्’

LC (KTM) July 06, 2021 0

३ बर्ष अगाडि अभिनय कोर्स पढ्नका लागि देहरादुन जाँदै गर्दा सडक दुर्घटनामा परेर गम्भिर घाइते भएकी मोडल निशा घिमिरेको नर्भिक अस्पतालमा उपचार सुरु भएको छ । घाइते भए लगतै निशाको उपचार भारतमा भैरहेको थियो । तर, उनको परिवारको आर्थिक अवस्था कमजोर भएका कारण भारतमा उपचार हुन सकेन र उनको परिवारले उनलाई नेपाल ल्याएर उपचार सुरु गरेको थियो । काठमाडौंको ट्रमा सेन्टरमा ३ महिना उपचार भएपनि उनको अवस्था सुधार हुन सकेन । यसपछि, डाक्टरहरुको सल्लामा उनको विभिन्न थेरापी सेन्टरमा थेरापी पनि चलिरहेको थियो ।

एकातिर आर्थिक अवस्था कमजोर हुनु र अर्कोतिर कोरोना संक्रमण बढ्नु, उनको परिवारले उनलाई घरमै ल्यायो । अर्धचेत अवस्थामा घरमै रहेकी निशाको शरीर सुक्दै गएको थियो । उनै, निशाको सामाजिक संजालमा तस्वीहरु सार्वजनिक हुन थालेपछि नर्भिक अस्पतालमा उपचार सुरु गरिएको थियो । नर्भिक अस्पतालकी प्रवन्ध निर्देशक मेघा चौधरीले उनको उद्दारमा पहल गरेकी थिईन् । निशाको नशामा समस्या देखिएको डाक्टरहरुले बताएका छन् । उनको अवस्थामा धेरै सुधार हुने अपेक्षा गरिएको छ । निशाले एक भोजपुरी चलचित्र, केही नेपाली सिरियल र म्यूजिक भिडियोमा अभिनय गरेकी छिन् । दुई हप्ता माथि नर्भिकमा उपचार भईरहँदा निशाको अवस्था सुध्रदै गएको उनको दिदीले बताएकी छिन् । शिशिर भण्डारीसँग कुरा गर्दै निशाले भनिन्, निशा हास्न थालेकी छिन्, मोटाएकी छिन् र लाग्छ, चाँडै नै बोल्नेछिन् । भिडियो हेर्नुस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर